एमाओवादी अध्यक्ष भेटघाटमा व्यस्त

काठमाडौं, १० पुस । वर्तमान राजनीतिक गतिरोध अन्त्यकालागी प्रयासरत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न थालेका छन् । उनले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेका छन् ।

त्यस्तै उनले शुक्रबार विहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका छन् ।

मधेसी मोर्चाका मागमा कसरी सहमति जुटाउने भनेर नेताहरुसँग छलफल गरेको र छलफल सकारात्मक भएको उनक निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया