मानवताका लागि सडकमा गायक सागर

sagar raiकाठमाडौं, ३ पुस । मानवीय भावले ओतप्रोत गायक तथा संगीतकार सागर राईको तेस्रो एल्वम्को पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तेस्रो एल्वम्मा समावेश गरिएको ‘छैन कुनै रहर मेरो छैन कुनै चाहना’ भन्ने बोलको म्युजिक भिडियो गायक राईले सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरेका हुन् । उनको उक्त भिडियोमा सडक बालबालिकालगायत सडकमा गाउने, अनाथहरुका कथाहरुलाई समावेश गरिएको छ । ‘एयटा कथा… जिन्दगीको….नियतिको…‘समय कसैको क्रुर छ । अनि खुशी धेरै…..धरै नै दुर छ ।’ मैले सोधे मुर्तिलाई, ‘खै मानवता कहाँ छ ?’ ‘त्यसले भन्यो यो शाहको भीडमा मान्छे कहाँ छ ?’ लगायतका मार्मिक शब्दहरु चयन गरेर भिडियो मार्फत सडकका जीवनको यथार्थलाई चित्रण गर्न प्रयास गरेका छन् ।

यस्तै गायक राईले सडकबाट शुरु भएर सडकमै खरानी बन्छ कयौ जिन्दगी….. एउटा यात्राको थालनी…लिएर पीडाहरु भागेर कहाँ जाऊ ? बाँडेर खुशी यो शहरमै जिउनुछ भनेर सडक बालबालिका तथा असाहायहरुको यथर्थालाई चिर्ने प्रयास गरेका छन् ।

मध्यस्थ आर्ट स्टेशनको सहयोगमा निर्माण गरेको म्युजिक भिडियोमा गायक राई आफैले अभिनय गरेका छन् । आफ्नै परिकल्पनामा आफ्नै स्वर तथा संगीत रहेको भिडियोको शब्द सरोज कोइरालाको हो । ‘छैन कुनै रहर, छैन कुनै चाहना…’ बोलको गीत राईले सडकछेउमा बस्ने असहायहरुका लागि सहयोगार्थ तयार पारेको बताएका छन् । सो गीतको ३ मिनेट ३० सेकेन्डको म्युजिक भिडियो समेत उनले सार्वजनिक गरेका हुन् । गीतमा असहायहरुको संवेदनालाई समेटिएको छ । यस्तै, दिनहीन मानिसहरुलाई सहयोग गर्नका लागि यस्तो गीत तयार पारिएको गायक राईले बताए । सो भिडियो युट्युबमा समेत उपलब्ध छ ।

गीत तथा म्युजिक भिडियो मार्फत रकम संकलन गरी असहयाहरुको दैनिक आवश्यकताका लागि खर्च गरिने पनि बताइएको छ । गायक राईले विभिन्न राजनीतिक दलका नेता तथा संघ संस्थाहरु समक्ष सो गीत अवलोकन गराएर सहयोग जुटाउने प्रयास गरिरहेका छन् । म्युजिक नेपालबाट उनले सो गीत रेकर्ड गरेका हुन् । यसअघि राईका दुई वटा पप–आधुनिक गिती एल्बमहरु ‘ओ डिई…’ र ‘तिमिले दिएको..’ बजारमा ल्याइसकेका राईले पछिल्लो पटक मानवताका लागि गीत भन्दै स्रोतामाझ प्रस्तुत भएका हुन् ।

‘यसअघि प्रेम गीतहरु गाएको थिएँ । तर यसपटक देशको परिस्थिति र अन्य समस्याले छोएका कारण मानवताको पक्षमा गीत गाएँ’ राईले भने, ‘सडकछेउमा माग्न बस्ने कयौँ मानिसहरुको जीवनस्तर उकासिएको छैन । उनीहरुका लागि केही गरौँ भन्ने सोचले यस्तो गीत मार्फत यस्तो अभियान गरेँ ।’

प्रतिक्रिया