विकल्प बन्दैछ अरनिको राजमार्ग

arani ko copyकाभ्रे, ३ पुस । चिनको तातोपानी नाकाबाट राजधानी काठमाडौ सम्म जोडिएको अरनिको राजमार्ग समान आयतका लागी दास्रो विकल्प बन्न सक्ने स्थानीयवासीहरुले बताएका छन् । ०२० सालमा चीन सरकारको सहयोगले निर्मित माइतीघरदेखि कोदारीसम्म ११४ किमि लम्बाई रहेको अरनिको राजमार्ग खुलेको हो ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका वासिन्दाहरुको जनजीवन उकास्ने जीवन आधार मात्र नभै देशकै दोस्रो छिमेकी मित्रराष्ट्रसँगको आदानप्रदानको प्रमुख सम्पर्क माध्यम बन्दै आएको छ । सरकारले चाहेको खण्डमा बैकल्पीक रुपमा प्रयोग गर्ने सकिने प्रशस्त आधार रहेको यो सडकलाई सरकार उच्च प्राथामिकतामा राखनु पर्ने स्थानीयले माग गरेका छन् ।

गत बैशाखमा गएको महाभूकम्पले सिन्धुपाल्चोक जिल्लामा अत्याधिक मानवीय तथा भौतिक क्षतिसँगै राजमार्ग पनि क्षति पुगेको छ । क्षतीका कारण केही समय सवारी आवागमन समेत अवरुद्ध भएको थियो । हाल आंशिक रुपमा खुलाएको यो मार्गमा अझै पनि सार्वजनिक सवारी सेवा र ढुवानी कार्य सञ्चालन हुन नसकेको अवस्था छ ।

बाटो मर्मत सुधार गरी तातोपानी नाका सञ्चालनमा ल्याउने सम्बन्धमा अध्ययन गर्न संसदीय टोलीले सडक विभागका सम्बद्ध पदाधिकारीहरुसँग समन्वय गरी काठमाडौंदेखि तातोपानी सम्मका विभिन्न ठाउँमा विग्रे भत्केका सडकहरुको अवस्था र मर्मतको व्यवस्थाबारे जानकारी समेत दिएका छन् । अबलोकन गरिएको भएपनि भूकम्प गएको आठ महिना बितिसक्दापनि कुनै चासो दिन सकेको छैन ।

धुलिखेलदेखि तातोपानीसम्मको सडक पुरै दुई लेनको समेत नभई त्यो भन्दा एक ग्रेड कम अर्थात इन्टरमिडियट लेन को रुपमा रहँदै आएको छ । अरनिको राजमार्गको पहिलो खण्ड तीनकुनेदेखि सूर्यविनायक सम्म ९ कि.मि. जापान सरकारको सहयोगमा ६ लेनमा विस्तार गरी सकिएको छ भने सूर्यविनायकदेखि धुलिखेल सम्मको सडक खण्ड ४ लेनमा बिस्तार गर्ने डिजाइन तथा लागत अनुमान पनि जापान सरकारको सहयोगमा निर्माण अगाडि बढाइन लागेको जनाएको छ ।

यता गर्न चीन सरकारको निर्माणमा चिन सरकारले भने धुलिखेलदेखि बाह्रविसे सम्मको सडक खण्डमध्ये सुनकोशी बाँधसम्म ४ लेनमा र त्यसपछि बाह्रविसे सम्म २ लेनमा बिस्तार गर्नको लागि चाइना रेलवे र सडक विभाग बिच ९ःण्ग्० भई हाल बिस्तृत आयोजना प्रतिवेदन तयार गरिँदै रहेको पनि बताईएको छ । बाह्रबिसेदेखि मितेरी साघुँसम्मको खण्ड भने चीनिया प्राविधिक टोलीले पुनर्निर्माण वा सुधारको लागि सर्वेक्षण गरिसकेको पनि बुझिएको छ । सरकारले अरनिको राजमार्ग बिस्तारलाई प्रथामिकतामा राखेर काम गर्ने सकेको खण्डमा छिमेकी देशसँगको व्यवारीक आयात र निर्यात जन्य कारोबारहरु बड्ने निश्चीत नै छ ।यदि यो सडक खण्ड बनेको खण्डमा भारतसँग हुने पेट्रोलियम पदार्थहरु खरिदमा पनि यतै बाट आयतमा नजिक र सम्भावित पनि रहेको छ । यो सडक खण्ड बन्दा राजधानिबासी लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रपलाञ्चोक र सिन्धुलीका स्थानीयहरु समेत लाभान्वीत हुने छन् ।

प्रतिक्रिया