विद्यार्थिलाई फेसबूक बारे प्रशिक्षण

पाँचथर, ३ पुस । जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिमका स्नातक तहका विद्यार्थीहरुलाई फेसबूक संजाल सम्बन्धी प्रशिक्षण दिएको छ । पाँचथर बहूमूखि क्याम्पसका विद्यार्थीहरुलाई शूक्रबार सामाजिक संजाल बाट हूने फाइदा र सामाजिक संजालको दूरुपयोगले निम्ताउन सक्ने दूर्घनाको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा घरेलू हिंसाको बिषयमा समेत जानकारी दिइएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । सचेतनामा हिंसा बाट बच्ने उपाय,आफ्नो तहबाट गर्न सकिने रोकथाम र यस्ता कृयाकलाप गर्ने ब्यक्तिलाई हूने कानूनि सजायको बारे प्रष्ट्याएका थिए । जिल्लाप्रहरी कार्यालयले यस अघि पनि गाउँ स्तरीय जनचेना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यसअघि लागूऔषध दुव्र्यसनी, मोवायल दूरुपयोगले निम्ताउने घटनाहरु बारे बिद्यालय स्तरीय सचेतना संचालन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले निशुःल्क सेवाको भावनाले यस्तो अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्दै आएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोईरालाले बताएका छन् ।

प्रतिक्रिया