शनिबारबाट तेक्वान्दो

korean taekwondo press meetकाठमाडौं । नेपाल तेक्वान्दो संघ र कोरियाली राजदूतावासको तत्वावधानमा सातौँ राष्ट्रिय कोरियन एम्बेस्डर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता ४ पुसदेखि सुरु हुने भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमिति र ललितपुर जिल्ला तेक्वान्दो कार्यसमितिको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजक समितिका प्रमुख मणिराज विष्टले जानकारी दिए ।

ललितपुरस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगितामा ५० जिल्ला, नेपाल आर्मी, पुलिस र सशस्त्र गरी करिब २ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुम्से र ग्यरोगी गरी ३२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको सिनियरमा फिन, फ्लाई, भ्यान्टन, फिदर, लाइज्ट, वेल्टर, मिडल र हेभीतर्फ खेल हुनेछ । जुनियरतर्फ पुरुष तथा महिलाको (१४ भन्दा माथि १७ वर्ष) ४५ देखि ५५ केजीसम्म र १४ वर्षमुनि पुरुष तथा महिलाको ४१ देखि २९ केजी तौलसम्मको खेल हुनेछ ।

जसअन्तर्गत पारातर्फ पुरुष तथा महिलाको के–४१ विधाको प्रदर्शनी खेल हुने पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए । कुल ४२ लाख लागत रहेको प्रतियोगिता सन् २०१५ को सुरुआतैमा नै सम्पन्न हुने भएता पनि भूकम्पका कारण रोकिएको थियो । प्रत्येक २÷२ वर्षमा हुने प्रतियोगितामा कोरियाली राजदूतावासले ४ लाख ७९ हजार प्रायोजन गरेको काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले जनाए ।

प्रतिक्रिया