आगलागीबाट ३ घर जलेर नष्ट

gao lagiखोटाङ, २ पुस । खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा ३ घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । बिहीबार दिउँसो दिक्तेल नगरपालिका–१ का हिरालाल पुरीको घरमा विद्युत सर्ट भएर लागेको आगोले छिमेकी केशव दाहाल र दानबहादुर मगरको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

हिरालालको घरबाट उठेको आगोले बिकराल रूप लिएपछि रविध्वज राई र  हर्कबहादुर राईको घरको छानो फालेर अन्य घर जोगाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक विद्यानन्द माझीले जानकारी दिए । आगोलागीबाट करिव ८ करोड भन्दा बढीकोे क्षति भएको प्रहरी नायव उपरिक्षक माझीले बताएका छन् । आगलागीबाट कपडा पसल, मोबाइल पसल, कस्मेटिक पसल, जुत्ताचप्पल पसल, सैलुन, टेलर्स लगायतका पसलहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानियबासीले आगोलागी भएको ४ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । स्थानिय खानेपानीको पाइप काटेर माटोको प्रयोग र घरको छानो फालेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको खोटाङ उद्योण बाणिज्य संघले जनाएको छ । दिक्तेल नगरपालिकाको दमकल भएपनि पानी नभएकोले दमकल प्रयोग गर्न नसकेको नगरपलिकाले जनाएको छ । दमकल प्रयोग गर्न नसकेकाले आगलागीबाट ठूलो क्षति हुन पुगेको स्थानियबासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया