बाढीबाट मृत्यु हुनेको संख्या एघार पुग्यो

मनिला । फिलिपिन्समा शक्तिशाली आँधीका कारण बुधबार मृत्यु हुनेको संख्या ११ पुगेको समाचार मा जनाइएको छ । बुधबारसम्म पनि त्यहाँ बाढीको प्रकोप कायमै रहेको जनाइएको छ । यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको भन्दै अधिकरीहरूले उद्वारकर्मीहरूलाई निकै सतर्क बनाएका थिए ।

बुधबारसम्ममा मृत्यु हुनेको संख्या ११ पुगेको र अरू केही हराइरहेका जनाइएको छ । मंगलबार राति राजधानी मनिलामा नै ठूलो बाढी आएको थियो । सो बाढीका कारण राजधानीको अवस्था नै अस्तव्यस्त भएको देखिएको छ ।

मंगलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरू घर छोडेर भागेका र स्थानीयवासीहरूमा त्रास उत्पन्न भएको बताइएको छ । मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । ३ दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।

अधिकारीहरूले भारी वर्षाका कारण बाढीको प्रकोप बढेको जनाएका छन् । आँधीको सम्भावना भने कम रहेको समाचारमा जनाइएको छ । मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापु नजिकका लाखौँलाख बासिन्दालाई अन्यत्रै सारिएको छ । (एजेन्सी)

प्रतिक्रिया