सहमतिअनुसार पीडितले खर्च पाएनन्

खोटाङ, १ पुस । केही समय अघि नेकपा एमाले खोटाङका जिल्ला कमिटी सदस्य वर्ण कुमार राइले निर्घात कुटेका खोटाङको बाकाचोल ४ पाराको ६२ वर्षीय प्रेमबहादुर राइले उपचार खर्च नपाएको गुनासो गरेका छन् । आफ्नै बारिको साँधमा घाँस काटेको निहुमा वस्तुको किला ठोक्ने मुंग्राले टाउको, छाती लगायत शरिरका अन्य भागहरूमा निर्घात कुटाइ खाएका उनलाइ जिल्ला प्रहरी कार्यालयमा उपचार खर्च भराईदिने शर्तमा नेता राईमाथी मुद्या नचलाउने सहमती गराईएको थियो ।

नेता राइले सख्त घाइते हुने गरि कुटेपछि जिल्लाको उत्तरीक्षेत्रमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा प्रारम्भिक उपचारमा लगिएको थियो । घाइतेको अवस्था हेरेर स्वास्थ्य केन्द्रले तत्काल थप उपचारको लागि जिल्ला अस्पताल पु¥याइएको थियो । जिल्ला अस्पतालमा सन्तोषजनक नभएकाले थप परिक्षण र उपचार गर्न काठमाडौ लगिएको थियो ।

जिल्ला प्रहरि कार्यलय खोटाङले दुवै पक्षलाई राखेर घाइतेलाइ उपचारार्थ बीसहजार रूपैया दिने सहमती भएको थियो । मंसिर १९ गते लिखित कागज बनाएको भएपनि अहिले सम्म सो रकमपनि नपाएको भन्दै घाइते राईले भने, ‘मलाइ जिन्दगिभरी खुनी र गरिखान नसक्ने बनायो अहिले न उसलाइ सजाय भयो न सहमती अनुसारको उपचार गरायो न रकम नै दियो ।’

प्रतिक्रिया