विवाहपञ्चमी महोत्सव तनावग्रस्त

jankpurजनकपुरधाम, १ पुस । प्रत्येक वर्ष हार्षोल्लासपूर्वक मनाईने रामजानकी विवाहपञ्चमी महोत्सव यस वर्ष भने तनावग्रस्त बनेको छ । महोत्सवमा मेधेसमा आन्दोलनरत दलका कार्यकर्ताले महोत्सवमा ढुँगा मुडा गरेपछि स्थितप्ी तनावग्रस्त बनेको हो ।

आन्दोलनकारीहरुको चेतावनी र नाराबाजीबीच राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा आएर दर्शन गरेपछि यस्तो अवस्था सृजना भएको थियो । नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा दर्शन गरेर निस्किए लगतै आक्रोसित आन्दोलनकारीहरुले मन्दिर भित्र पसेर तोडफोड गर्नुका साथै केहि साधुशन्तलाई पनि दुव्र्यवहार समेत गरेका छन् । जानकी मन्दिरमा राष्ट्रपति भण्डारीलाई महन्थ रामतपेश्वर दास बैष्णवले स्वागत एवं सम्मान गरेको भन्दै आक्रोसित आन्दोलनकारीहरु मन्दिर भित्र पसेर तोडफोड तथा दुव्र्यवहार गरेका हुन् । आन्दोलनकारी र स्थानीय सर्वसाधारणहरुले राष्ट्रपति भण्डारी आएपनि महन्थ वैष्णवलाई स्वागत र सम्मान नगर्न उनीहरुले आग्रह गरेका थिए ।

मन्दिरमा रहेका दुई सय भन्दा बढी सुरक्षाकर्मीहरु लक्षित गरेर आन्दोलनकारीहरुले दिनभर जानकी मन्दिरमाथि ढुंगामुढा गरेर स्थिती तनावग्रस्त बनाएका थिए । आन्दोलनकारीहरुले दिनभर जानकी मन्दिर घेराउ गरी मन्दिर माथि ढुंगामुढा गरेका छन् । सो क्रमम प्रहरीले दुई दर्जन भन्दा बढी राउण्ड अश्रुसेल ग्यास प्रहार गरेको छ । आन्दोलनकारीको ढुंगामुढा र प्रहरीको ढुंगामुढा एवं लाठी चार्जबाट महोत्सवमा सहभागि हुन आएका खास गरी भारतीय श्रद्धालुभक्तजनहरु त्यसको सिकार भएको जनाइएको छ । सो क्रममा प्रहरी र आन्दोलनकारीको ढुंगामुढाबाट करिब तीन दर्जन श्रद्धालु एवं आन्दोलनकारी घाईते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा  भईरहेको छ ।

भएन रामजानकीको विवाह
त्रेता युगदेखि जनकपुरमा प्रत्येक वर्ष धुमधामसंग हुँदै आएको रामजानकीको विवाहको काम यस वर्ष जानकी मन्दिरको अवस्था विगे्रपछि रोकिएको छ । यस दिन प्रत्येक वर्ष जानकी मन्दिरबाट जानकीको डोला र रामन्दिरबाट भगवान रामको डोला बजागाजा एवं झाकीसहित निस्केर बाह्रविघा रंगभूमि मैदानमा पुगेर मिलन हुने गर्दछ । मिलन भएपछि त्यहाँबाट शोभा यात्रा गर्दै नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुगेर धुमधामसँग स्वयम्बर गरी रामसीताको विवाह हुने प्रचलन छ । तर जानकी मन्दिरको तानावपूर्ण अवस्थाले यस वर्ष डोला निकाल्ने तथा विवाह गर्ने काम रोकिएको छ ।

प्रतिक्रिया