न्यू–डायमन्ड र पश्चिमाञ्चल विजयी

काठमाडौं, मंसिर २९ । सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् । मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएका हो ।

राष्ट्रिय टोलीकी सदस्यसदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा न्यू डायमन्डले धादिङलाई अन्डर ७ अंकमै रोक्यो । पहिलो सेट २५–३ ले जितेको डायमन्डले त्यसपछिको दुई सेट २५–७ र २५–४ ले जितेको थियो । यस्तै ढोरपाटन भलिबलकै सफल टिम पश्चिमाञ्चलले पनि त्रिभुवन आर्मी क्लबमाथि २५–१७, २५–१४ र २५–१२ को सहज जित निकाल्यो ।

मंगलबार भएका अन्य खेलहरूमा धादिङ कलाकार संघले जानकी स्कुलमाथि २५–१५, २५–११ र २५–१८ को जित निकालयो । यस्तै चन्डेश्वरी युवा क्लब रामेछापले विन्दावासिनी स्कुलमाथि २५–८, २५–७ र २५–७ कै सहज जित निकाल्यो । एभरेष्ट स्कुल बुटवलले चितवनको जानकी स्कुलमाथि पनि ३–० कै जित निकाल्दा नेपाल पुलिस क्लबले एभरेष्ट स्कुलमाथि प्रतिस्पर्धात्मक जित निकाल्यो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१० ले जित्दा तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा २५–२१ ले लै पुलिसले जित्न सफल भयो ।

लिगमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब लिगको शीर्ष स्थानमा छ । १३ खेल खेलेको एपीएफको ३९ अकं छ । दोस्रो स्थानमा रहेको न्यू डायमण्डको खेलबाट ३० अकं छ । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ६० हजार तथा उपविजेता टोलीले १ एक लाख ३० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया