राजतन्त्रका लागि मार्चपास

काठमाडौं, २९ मंसिर । शाही युवाशक्ति नेपाल (आरवाइपी) ले आगामी पुस ४ गते काठमाडौंमा मार्चपास गर्ने घोषणा गरेको छ । आरवाइपीको सोमबार बसेको पूर्ण बैठकले गणतान्त्रिक संविधानले मुलुकको हित गर्नै नसक्ने निश्कर्ष निकाल्दै राजसंस्था पूनःस्थापनाका लागि आफ्नो संस्थाले देशव्यापी जन दबाब सिर्जनागर्न बृहत् मार्चपास गर्ने निर्णय गरेको जनाएको छ ।

आरवाइपीका अध्यक्ष पशुपति खड्काले राजसंस्था नेपालको अभिभावकीय संस्था भएकाले त्यसलाई पुनःस्थापना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले देश पछिल्लो दिनमा विदेशीहरूको गुलाम भएको भन्दै विदेशी एजेन्डा बोकेर चर्को कुरा गर्दैमा देशमा कायापलट हुन्छ भनेर भ्रम छर्दा आज देशको यो हालत भएको बताए । उनले प्रमुख राजनीतिक दलहरू पटकपटक असफल भइसकेको दाबीगर्दै राजाविनाको संविधानले कसैको भलो नहुने बताए । खड्काले राजाविनाको देश मियोविनाको दाइँजस्तै भएको बताएका छन् ।

प्रतिक्रिया