हेलो सरकारमा गृहमन्त्रालयसम्बन्धी बढी गुनासो

काठमाडांै, २९ मंसिर । सरकारले सञ्चालन गरेको हेलो सरकार सञ्चालन यता गृहमन्त्रालयसँग सम्बन्धित गुनासो बढी आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री श्रीधर सापकोटाका अनुसार हेलो सरकार सञ्चालन गरेको अवधीभर सबैभन्दा बढी गृहमन्त्रालयसँग सम्बन्धित गुनासो आएको जनाएका छन् । ०६८ कात्तिकदेखि सुरु भएको हेलो सरकारमा ०७२ कात्तिक महिनासम्म आएको जम्मा ४० हजार ७ सय ९४ गुनासो र सुझाव मध्ये सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित ७ हजार १ स ३९ वटा गुनासा तथा सुझाव प्राप्त भएको हो ।

यसै गरी दोस्रोमा शिक्षा मन्त्रालयसँग सम्बन्धित रहेको छ । शिक्षा मन्त्रालयका लागि ४ हजार ६ स ६५ वटा उजुरी तथा गुनासा रहेका छन् । यसैगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ३ हजार ६७ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २ हजार ६ सय ८ वटा, नेपाल विद्युत् प्राधिकरण १ हजार ९ सय ७८ वटा र अर्थ मन्त्रालय १ हजार ६ सय ३९ वटा उजुरी हेलो सरकारमा प्राप्त भई उक्त निकायहरूमा कार्यान्वयनको लागि पठाइएको छ ।

हेलो सरकारमा प्राप्त उजुरी, गुनासा तथा सुझावलाई सम्बन्धित निकायमा पठाउने तथा तत्काल सम्बोधन गर्न सकिने किसिमको उजुरी तथा गुनासो भए कार्यन्वयनसमेत हुने गरेको सापकोटाले जानकारी दिएका छन् । सरकारले प्राप्त गरेको ४० हजार ७ सय ९४ गुनासा र सुझावमध्ये ३६ हजार ९ सय ३६ अर्थात करिब ९१ प्रतिशत फछ्र्यौट भइसकेको उनले बताए ।

सार्वजनिक निकायबाट प्रवाह हुने सेवा सुविधामा भेदभाव, अवरोध तथा कुनै गैरकानुनी क्रियाकलापबाट कुनै संस्था वा व्यक्तिलाई हानीनोक्सानी हुँदा हेलो सरकारमार्पmत उजुरी दिन सकिने व्यवस्था सरकारले गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षबाट सम्भव भएसम्मअति जरुरी र तत्कालै सम्बोधन गर्नुपर्ने गुनासाहरू सम्बोधन हुने गरेका सापकोटाको भनाइ छ । यसको अतिरिक्त सरकारले हेलो सरकार फेसबुक पेजसमेत सञ्चालनमा ल्याएको छ ।

हाल सम्ममा हेलो सरकारमा प्राप्त हुने गुनासाहरू मूल रूपमा सार्वजनिक सेवा समयमा नपाएको, सार्वजनिक सेवामा विभेद भएको, अतिरिक्त शुल्क माग गर्ने गरेको, कार्यालयहरूका कर्मचारीहरू जिम्मेवारीपूर्वक काम गर्न उदासिन हुने लगायतको बढी आउने गरेको समेत उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया