स्वस्तिमासँग निश्चलको इन्गेजमेन्ट

nischalकाठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चलचित्र निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् ।

उनले चलचित्र ‘होस्टेल रिटर्न्स’की नायिका स्वस्तिमा खड्कासँग इन्गेजमेन्ट गरेका हुन् । निश्चल र स्वस्तिमाको विहे हुने समाचार केही समय अगाडिदेखि आएपनि दुबैले इन्कार गर्दै आएका थिए ।

उनीहरूको इन्गेजमेन्ट आज भएको हो । निश्चलको इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएपछि उनका फ्यानहरूले वधाई दिएका छन् । निश्चल भने उनको इन्गेजमेन्टको खबर सार्वजनिक गर्न चाहदैनथिए । पारिवारिक चिनजानका आधारमा निश्चलले स्वस्तिमाको हात मागेका थिए ।

‘लुट’ र ‘टलक जंग भर्सेस टुल्के’ बनाएपछि निश्चलको चर्चा चलचित्र क्षेत्रमा चलेको हो । स्वस्तिमाले विहेपछि पनि अध्ययन र कला करिअरलाई निरन्तरता दिनेछिन् । फागुन ५ गतेलाई तय गरिएको विहेमा सबै चलचित्रकर्मीलाई खबर गरिने निर्देशक बस्नेतले वताए । (सौस)

प्रतिक्रिया