काभ्रेमा रक्तदान

rakt danकाभ्रे, २८ मंसिर । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ काभ्रेको बनेपा अल्पाईन बैंकको सहकार्यमा रक्तदान कार्यक्रम सकिएको छ । काभ्रेपलाञ्चोक नाल्दुम–८ देउराली नगरकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रमका संयोजक मधु लामिछानेको नेतृत्वमा भएको थियो । कार्यक्रमको अल्पाईन बैंक काभ्रेका क्षेत्रिय प्रबन्धक प्रशान्त उपाध्यायले उद्घाटन गरेका थिए । कार्यक्रममा बालुवापाटी देउपुर गाबिसका बुद्धिजिबी तथा समाजसेबी राज कुमार मल्लले रक्तदान कार्यक्रमको महत्व र आवश्यक्ता बारेमा प्रष्ट पारेका थिए । उनले मुलुकमा जनताले बेहोरी रहेको समस्या चाँडै राजनीतिक संम्बादबाट सामाधान होस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

कार्यक्रम ५५ जना रक्त उक्तदाता ले रगत दान गरेको कार्यक्रम संयोजक लामिछानेले जनाएका छन् ।

काभ्रे जेसिजमा राजेश
काभ्रे जेसिज बर्ष २०१६ को अध्यक्षमा राजेशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । साखाको ३९ औँ बार्षिक साधारणसभा तथा २९ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा विकास मानन्धर, कार्यकारी उपाध्यक्षमा उमेश मानन्धर र विजेश मुल्मी, उपाध्यक्षहरूमा परमेश्वर श्रेष्ठ, अशोक श्रेष्ठ, पूर्णसागर रञ्जित र रिकेश श्रेष्ठ र सहसचिवमा युगेश्वर कायस्थ निर्विरोध निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदस्थापन अघि नै कार्यसमितिलाई पूर्णता दिने जानकारी दिए । जेसिज विद्यानमा महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायतका पदमा अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
उद्घाटन कार्यक्रमा काभ्रे जेसिजका पूर्वअध्यक्ष एवं पूर्वराष्ट्रिय कार्यकारी अध्यक्ष शान्तिरत्न शाक्य, अधिवेशन निर्देशक सिनेटर एवं काभ्रे जेसिजका पूर्वअध्यक्ष गणेशकुमार रञ्जीत, निर्वाचन आयुक्त एवं काभ्रे जेसिजका निवर्तमान अध्यक्ष सिनेटर वसन्तनारायण भोछिभोया, बर्ष २०१५ का अध्यक्ष बिकास मानन्धर, उपाध्यक्ष गौतम मानन्धर लगायतले जेसिज अभियानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया