भरतपुर अस्पतालको स्तरोन्नती हुँदै

bhartapur aspatalचितवन, २८ मंसिर । चितवनको भरतपुरमा रहेको भरतपुर अस्पतालको स्तरोन्नती गरिने भएको छ । सरकारको मातहतमा रहेको सो अस्पताललाई यसै वर्षबाट ६ सय शैयाको बनाउँदै स्तरोन्नती गरिने भएको हो ।

नेपाल सरकारबाट ३ सय शैया स्वीकृत पाएको सो अस्पतालले विकास समितिबाट थप ३ सय शैया सञ्चालन गरि स्तर बढाउन लागेको समितिले जनाएको छ । यसअघि निजी स्रोतबाट १३५ शैया सञ्चालन हुँदै आएकामा १६५ शैया थप गरेर ६ सय शैया पु¥याउन लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भूर्तेलले जानकारी दिएका छन् । अस्पतालमा थप सेवा थप्न तथा अरू बेड सञ्चालनका लागि ३५ करोड रूपैयाँको लागतमा अस्पताल भवन सम्पन्न भइसकेको छ भने ४ करोड रूपैयाँ बराबरको थप उपकरण खरिदका लागि टेन्डर स्वीकृत भइसकेको भूर्तेलले जनाएका छन् ।

सरकारी तवरबाट ८० प्रतिशत र विकास समितिबाट २० प्रतिशत लगानीमा अस्पतालको ए ब्लक भवन सम्पन्न भएको डा. भूर्तेलले बताए । १ महिनाभित्रमा उपकरण आइसक्ने बताउँदै उनले माघ १ गतेबाट अस्पताललाई ६ सय बेडको बनाउने गरि काम भइरहेको जानकारी दिएका छन् । थप शैयसँगै हाल सञ्चालनमा रहेको नौ शैयाको सघन उपचार कक्षलाई २८ शैयामा पु¥याइने छ भने १० शैयाको पोष्ट अपरेटिभलाई १० शैया थप गरि २० शैया पु¥याइने छ । सोही भवनमा अत्याधुनिक तवरको ६० शैयाको मेडिकल वार्ड सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

त्यसैगरि सुविधासम्पन्न २४ वटा क्याविन, ६ जनाको एकै पटक शल्यक्रिया गर्न सक्ने गरि शल्यक्रिया कक्ष र १५ शैयाको नवजात शिशु सघन उपचार कक्ष सञ्चालनमा आउने छ । अस्पतालमा हालसम्म शिशु सघन उपचार कक्ष नहुँदा धेरै नवजात शिशुको अकालमै ज्यान जाँदै आएको छ भने ३ वटा मात्रै शल्यक्रिया गर्न सकिने हुँदा धेरै बिरामीले लामो समय शल्यक्रियाको पालो पर्खनुपरेको छ ।

थप शैया सञ्चालनका लागि १५ जना चिकित्सक, ९० जना स्टाफनर्स, ५० जना कार्यालय सहयोगी थप गर्ने तयारीमा रहेको मेडिकल सुपरिटेन्डेन्ड भूर्तेलले बताए । सो अस्पतालले चितवन र छिमेकी जिल्लाहरूबाट आउने २ लाख बिरामीको बर्सेनि उपचार गर्दै आएको छ । जसमध्ये ५० हजारले भर्ना भएर उपचार पाएको अस्पतालले जनाएको छ ।

अस्पतालले पछिल्लो समय शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालले यस वर्षबाट एमडी र बिएनको पढाइ सुरू गरेको छ भने यसअघि प्रविणता प्रमाणपत्र तहमा नर्सिङ पढाउँदै आएको छ ।

प्रतिक्रिया