संसद सञ्चालन नियमावली बन्दै

काठमाडौं, २८ मंसिर । नयाँ संविधान जारी भएपछि व्यवस्थापीका संसद सञ्चालनका लागि नयाँ नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको जनाइएको छ । संविधान सभाले निर्माण गरेको संविधान सँगै रूपान्तरित संसद संचालनका लागि नियमावली निर्माण गर्नेकार्य अन्तिम चरणमा पुगेको हो । नियमावली निर्माण समितिले परिवर्तित अवस्थाअनुरूप नियमावलीलाई अन्तिम रूप दिने छ ।

समितिअन्तर्गतको उपसमितिले विगतको नियमावलीबाट हटाउनुपर्ने र थप्नुपर्ने विषयहरूको टुंगो लगाउँदै नयाँ नियमावलीको खाका तयार पार्दै गरेको एमाले सांसद तथा समिति सदस्य रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । संसदको क्षमता अभिवृद्धी, समितिका कामहरू, थप्नुपर्ने समितिको बारेमा अन्तिम टुंगो लगाइने सांसद भण्डारीले जानकारी दिए ।

समितिले आगामी पुस ५ गते नियमावली तयार पारेर सभामुख ओनसरी घर्तीलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया