दोस्रो डानको ग्रेडिङ सम्पन्न

2danकाठमाडौं । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार दोस्रो डानको ग्रेडिङ शनिबार सम्पन्न भएको छ ।

दशरथ रगंशालमा भएको ग्रेडिङमा सिनियर टोलीलाई दोस्रो डानको ब्लाक बेल्ट प्रदान गरिएको संयोजक कुमार लामा घिसिङले बताए । ३ दिनसम्म भएको ग्रेडिङमा कुल ५० खेलाडीलाई दोस्रो डान दिइयो । यससँगै दोस्रो डान लिने सिनियर खेलाडी ३७औँ ब्याजका भएका छन् । दोस्रो डान प्राप्त गर्ने खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष गणेश जिम्बा लामा र कोषाध्यक्ष राजेन्द्र खड्गीले ग्रेडिङ प्रदान गरेका थिए । (सौस)

 

प्रतिक्रिया