माइक्रोबस पल्टँदा २१ जना घाइते

Exif_JPEG_420

धनकुटा २६ मंसिर । धनकुटाको च्याङच्याङवारीमा शनिवार दिउँसो माईक्रोवस दुर्घटना हुँदा चालक सहित २१ जना घाईते भएका छन । तेह्रथुमको बसन्तपुरबाट झापाको दमक तर्फ जाँदै गरेको वा.२ ख.९९६३ नम्वरको माईक्रोवस दिउँसो करिव १२ बजे कोशी राजमार्गको धनकुटा–मुलघाट सडक खण्ड स्थित धनकुटा नगरपालिका १५ च्याङ्गच्याङ्गवारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक, सह–चालक सहित २१ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ६ जनाको अवस्था गंभिर छ । उनिहरूको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । माईक्रोवस पल्टिदा मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२२ प.२१०३ नम्वरको स्कुटरलाई समेत ठक्कर दिएको थियो ।

ओरालो सडकमा व्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोकिएर माईक्रोवस पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेको माईक्रोबस पूर्ण रूपमा क्षति भएको छ ।

प्रतिक्रिया