अमेरिकाबाट ‘रातो घर’ को प्रदर्शन यात्रा

rato-ghar-usaकाठमाडौं । प्रदर्शन मिति तय नभइसकेको चलचित्र ‘रातो घर’ले पुस १२ बाट अमेरिकाको क्यालिफोर्नियाबाट आफ्नो प्रदर्शन यात्रा थाल्ने भएको छ ।

क्यालिफोर्नियाबाट सुरु हुने प्रदर्शन सेनफ्रान्सीस्को, लस एन्जल्स, सियाटल्स, वासिङ्टन डिसी, पोर्टल्याण्ड, मेरिल्याण्ड, जर्जिया, एक्रोन, न्यूयोर्कलगायतका स्टेटहरूमा पनि हुनेछ ।

चलचित्र प्रदर्शनकालागि निर्माता तथा निर्देशक सुरज सुब्बा ‘नाल्वो’ अमेरिका जाने तयारीमा रहेका छन् । माङ हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राई निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा छ । चलचित्रमा पटकथा र निर्देशनको जिम्मा सुरज सुब्बा ‘नाल्बो’ले सम्हालेका छन् । ‘
विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा विल्सनविक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, उपशसना नेम्वाङ, श्याम राई मूख्य भूमिकामा छन् ।

प्रतिक्रिया