काभ्रे एमालेमा वाइवा र न्यौपाने भिड्दै

काभ्रे । काभ्रेमा एमालेको नावौ जिल्ला सम्मेलन आउँदै गर्दा नेपाल पक्षका टोप बाहादुर वाईवा र ओली निकटका भिम न्यौपाने ले उम्मेदारी दिने तयारीमा रहेको बुझिएको छ । यदि यि दुई पक्षधरले उम्मेदारी दिने भए कार्यकर्ता वाइबा पक्षको अवस्था दरिलो रहेको बुझिएको छ । ओलि पक्षका केही कार्यकर्ताहरूले भने आफ्नो पक्षमा मत तान्न लागि परेको बुभिएको छ ।

मंसिर २६ गते हुन गइरहेको नवौँ जिल्ला अधिवेशनको तयारीमा लगभग पु्रा भएको भन्दै एमालेले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी गराँउँदै जिल्ला अध्यक्ष एवं सामंसद रामहरी सुवेदीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको बताएका छन् ।

अधिवेशनका लागि जिल्ला कमिटिले ०७२ असोज २८ गतेको बैठकले विभिन्न समिति तथा उपसमितिहरू निर्माण गरेको थियो । (सौस)

प्रतिक्रिया