पुजनाको घुर्की

poojanaकाठमाडौं, २३ मंसिर । दर्शकले कुनैपनि फिल्म पैसा तिरेर हलमा गएर हेर्नु वा नहेर्नु त्यो दर्शककै हातमा हुन्छ । फिल्मीकर्मीले जर्वजस्ती गर्न मिल्दैन । तर, यो कुरा जानेर पनि नेपाली फिल्मकर्मीले कहिले दर्शक त कहिले पत्रकारलाई आरोप लगाएर आफ्नो भडास निकाल्छन् ।

आँफुले निर्माण गरेको पहिलो फिल्म ‘चकलेट’ चकलेट जस्तै गुलियो नभएर दर्शकको साथ नपाएपछि नायिका तथा निर्माता पुजना प्रधानले यतिबेला सामाजिक सञ्जालमा दर्शकलाई घुर्की आउने क्रम जारी छ ।

अभिनेत्री पूजना प्रधान अहिले दर्शकसँग फिल्म ‘चकलेट’ नचलेकोमा भडास पोखिरहेकी छिन् । उनले राम्रो फिल्म बनाएपनि यहाँ झुर फिल्म चल्ने रैछ भन्दै दर्शकसँग आक्रोश पोखिन् । यतिमात्र होइन उनले फेसबुक पनि चलाउदिन भनेर घुर्की लगाएकी थिइन् । पूजनाको यो आक्रोश यतिकैमा रोकिएको छैन । उनले फेसबुकमा फिल्म हेर्नुहोस् भन्दा नहेर्ने अनि अहिले त्यस्ता व्यक्तिसँग फेसबुकमा गफ गरेर समय खेरा फाल्नुको के अर्थ भन्दे आक्रोश पोखेकी छिन् । यसबाहेक नायिकाले आँफुले हरेस नखाएको, फिल्म नचल्दैमा केही फरक नपर्ने भन्दै ५० जना असाय बच्चाहरूको पढ्ने र बस्ने सुविधा भएको भवन बनाएरै छाड्ने बताए ।

यो त नायिका प्रधानले भर्खरै सार्वजनिक भएका कुरा हुन् । यसबाहेक यसअघि अभिनेत्री शुभेच्छा थापाले फिल्म ‘मिस नेपाल’ नचले सन्यास नै लिने बताइन् । दर्शकले उनलाई सन्यासबाट बचाउन फिल्म हेरिदिनु पर्ने थियो । शुभेच्छाको यो कुरा दर्शकलाई खासै हजम भएन । फिल्मले औषत व्यापार ग¥यो । अहिले पनि शुभेच्छा सक्रिय छिन् । उनको यो दर्शकप्रतिको आक्रोश पनि बेतुकी थियो । कुनै दर्शकलाई जर्वजस्ती मेरो फिल्म हेरिदेउ भन्नु कलाकारको नालायकी नै हो ।

अभिनेता छविराज ओझाले पनि फिल्म ‘लोफर’ नचलेपछि दर्शकप्रति घुर्काइ पोखे । फिल्म ‘लज्जा’ पनि नचले फिल्म नै नबनाउने उनको भनाई थियो । तर, यस्ता कुरा गर्दा दर्शकको मनमा माया पलाउछ र फिल्म चल्छ भन्ने सोच फिल्मीकर्मीको छ । यस्ता सोचले दर्शकले माया दिने होइन, उल्टै भड्किन्छन् भन्ने उनीहरूले वुझ्न जरुरी छ ।

प्रतिक्रिया