अफगान राष्ट्रपति घानी पाकिस्तानमा

ghaniइस्लामावाद, २३ मंसिर । अफगानिस्तानका राष्ट्रपति असरफ घानी पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको क्षेत्रीय सम्मेलनमा सहभागी हुन बुधबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले बुधबार पाकिस्तानी राजधानी इस्लामावाद नजिकैको एक सैनिक केन्द्रमा रहेको विमानस्थलमा उनलाई पाकिस्तानी प्रधानमन्त्रीले स्वागत गरेका थिए । राष्ट्रपति घानीको स्वागतका लागि प्रधानमन्त्री शरिफसहित पाकिस्तानका मन्त्रीहरु तथा उच्च अधिकारीहरु पनि त्यहाँ उपस्थित थिए ।

सैनिक केन्द्रको नुरखान एयरबेसमा राष्ट्रपति घानीलाई पाकिस्तानी सेनाले २१ तोपको सलामी दिएको थियो । साथै पाकिस्तानी सेनाले सो अवसरमा उनीप्रति विशेष सम्मानगारत अर्पण गरेको थियो । त्यस समयमा अफगानिस्तान र पाकिस्तानका राष्ट्रिय धुन बजाइएको थियो । अफगानिस्तानको राष्ट्रपतिका हैसियतमा राष्ट्रपति घानीले यो दोस्रोपटक पाकिस्तानको भ्रमण गरेका हुन् । यसअघि उनी सन् २०१४ को नोभेम्बर महिनामा अफगानिस्तानको भ्रमणमा गएका थिए ।

बुधबारै अबेरतिर राष्ट्रपति घानी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले अफगान राजधानी काबुलमा आयोजना हुने मन्त्रिस्तरीय सम्मेलनलाई पनि सम्बोधन गर्ने बताइएको छ । सो सम्मेलन दि हार्ट अफ एसिया इस्तानबुल प्रोसेसको सम्मेलन हो । उक्त हार्ट अफ एसियाको स्थापना सन् २०११ मा स्थापना भएको हो ।

टर्की, पाकिस्तान र अफगानिस्तानको सहभागितामा उक्त हार्ट अफ एसियाको स्थापना गरिएको हो । क्षेत्रीय रुपमा शान्ति र सहयोगको निरन्तरताका लागि यसको स्थापना गरिएको हो । राष्ट्रपति घानीले यस भ्रमणका क्रममा दुबै देशको आपसी हितका विषयमा पनि औपचारिक भेटवार्ता गर्ने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया