निषेधको राजनीति नगर

पछिल्ला दिनमा मधेसी मोर्चाले राजमार्ग केन्द्रित गरेर जनसभाको कार्यक्रम गर्दै आएको छ । ती सभाहरूमा मोर्चाका नेताहरूले उत्तेजक भाषण गरेर फरक विचारका सांसद् वा पार्टीका नेताप्रति लक्षित गर्दै समुदायमा उत्तेजना फैलाउने र सद्भाव भड्किने खालका अभिव्यक्ति दिएका समाचारहरू आएका छन् । यस्तोमा मोर्चाका नेता अग्रपंक्तिमा देखिएका छन् । उनले फरक विचार राखेकै आधारमा अमानवीय व्यवहार गर्न खुलेआम प्रोत्साहन गर्ने गरेका खबर आएका छन् । त्यसै पनि मधेस आन्दोलन भए यता फरक विचार राख्ने पार्टी र तिनका नेताहरूलाई मधेसमा निषेध जत्तिकै गरिएको छ । यसको उदाहरण बाबुराम भट्टराईले सम्बोधन गरेको जनकपुरको मञ्च जलाउनुलाई लिन सकिन्छ । एमाले, कांग्रेस, एमाओवादीका सभासद्ले घर जान पाएका छैनन् । हिम्मत गरेर घर गएकालाई मोर्चाका कार्यकर्ताले घर घेरेर नारबाजी गर्दै काठमाडौं फर्कन वाध्य बनाएका छन् । मधेसी जनतालाई उनीहरूले ३ महिना यता अरूका कुरा सुन्न दिएका छैनन् । राजधानीबाट निस्कने मूलधारका पत्रपत्रिका उनीहरूलाई ‘खसवादी’ भएको छ । नेपाली टेलिभिजन प्रसारण धेरै ठाउ“मा बन्द गरिएको छ । विपक्षी सांसद्का दसैं, तिहारका शुभकामना प्रसारण गर्दा स्थानीय एफएम पनि बन्द गराएका छन् । यस्ता व्यवहारले स्वयं उसैलाई भलो नगर्ने निश्चित छ । आम सर्वसाधारणले यो थाहा पाएर उनीतिरै फर्कदा ढिलो भइसकेको हुने मात्र हो ।

मोर्चाका नेताहरू मध्ये केही निरंकुशताविरुद्धको लामो आन्दोलनबाट खारिएका छन् । मोर्चाका सबैजसो घटकका नेता आफूलाई लोकतन्त्रको हिमायती ठान्दछन् । धेरै जसो त लोकतान्त्रिक आन्दोलनमा राम्रै योगदान दिएका नेताहरू पनि छन् । कसैले सम्झाउनुभन्दा उनीहरूलाई स्वयं महसुस हुनुपर्ने हो । विपक्षीका विचार निषेध गर्ने कार्य कुनै पनि हालतमा लोकतान्त्रिक पद्धती भित्र पर्दैन । साच्चै पीर मर्का पर्नेले अरूका विचार निषेध गर्नु पर्दैन, बरु विपक्षीलाई एउटै मञ्चमा बोल्न दिएर तर्क र उदाहरणका माध्यमले खण्डन गर्न सकिन्छ । यसरी जम्मा गरेको जनमत दिगो र दुनिया“का अघि पनि प्रशंसा योग्य हुन्छ । यस विषयमा महान दार्शनिक भोल्तेयरका भनाइ सान्दर्भिक हुन्छ । उनले भनेका छन्, ‘तपार्इंका विचारस“ग म सहमत हुन सक्दिन“ तर विचार राख्न पाउने तपार्इंका अधिकारका लागि म जीवनभर लडिरहने छु ।’ लोकतन्त्र भनेकै सबै खाले विचारको छाता हो । यसले सबैको संरक्षण गर्छ । आपूmलाई मधेसको धर्तीपुत्र सम्झनेले मधेसकै महान कवी तथा समाज सुधारक कविर दासका भनाइहरू मनन् गरे पुग्छ । उनले भनेका छन्, ‘निन्दक आलोचक रखि हे, आ“गन कुटि छवाई ।’ अर्थात आफूलाई निन्दा गर्ने, आलोचना गर्नेलाई आफ्नै घरको अघिल्तिर सके आफ्नै आ“गनमा घर बनाइदिएर राख । उनको भनाइ थियो निन्दा र आलोचना गर्नेलाई साथमा राख्दा आफू होसियार भइन्छ र त्यसले राम्रो मात्र गरिरहन सचेत गराइरहन्छ । यस विपरीत मोर्चाका नेताहरू निषेधको राजनीति मात्र गरिरहेका छैनन् । फरक विचार राख्नेलाई भौतिक कारवाही गर्न उक्साइरहेका छन् । यसले हानीनोक्सानी उनीहरूलाई नै भएको छ ।

सा“च्चै मधेसी जनतालाई अहिले जारी भएको संविधानले विभेद गरेको हो भने संविधानका पक्षधरलाई जनतामा जान दिनुपर्छ । उनीहरूका कुरा पनि सुन्न दिनुपर्छ । उनीहरूका कुरा के कारणले ठीक र बेठीक भन्ने जनता स्वयंलाई महसुस गर्न दिनुपर्छ । अनि मात्र सा“च्चै विभेद गर्नेहरू दुनिया“को अघिल्तिर नांगिनेछन् । निषेधको राजनीति गर्नेले सोच्नुपर्छ यसरी गरिने निषेधको आयु धेरै हु“दैन । एक दिन जनता स्वयंले सत्य बुझ्नेछन् । त्यतिखेर उनीहरूले आफूहरूको भावनामा खेलबाड भएको वा बहकाइएको थाहा पाए भने त्यसको मूल्य जनताले कसरी चुक्ता गर्ने हुन सम्बन्धित पक्षले बेलैमा सोच्न जरुरी छ ।

प्रतिक्रिया