इंग्लिस प्रिमियरलिग फुटबल

लन्डन, १४ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई १–० ले हराएको हो । खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

अर्कोतर्फ आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राती भएको खेलमा आर्सनल नर्विचसँग १–१ को बराबरीमा रोकियो । पहिलो हाफमा नै आर्सनलले अग्रता लियो । खेलको ३०औँ मिनेटमा ओजिलले आर्सनलका लागि गोल गरे । त्यो अग्रता जोगाउन नसक्दा आर्सनलले ठूलो मौका गुमायो । त्यसको केही समयपश्चात नै नर्विचले गोल फर्कायो । खेलको ४३औँ मिनेटमा लुइस ग्रा बेनले बराबरी गोल गरेका थिए । त्यससँगै आर्सनल र नर्विचले पहिलो हाफमा १–१ को बराबरीमा खेल्यो । तर दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । खेल १–१ को बराबरीमा सकियो । आर्सनलले पनि शीर्षस्थानमा पुग्ने सुनौलो अवसर गमायो । बराबरीपछि १४ खेलबाट २७ अंक जोडेको आर्सनल चौथो स्थानमा छ । शीर्ष दुई स्थानमा रहेका म्यानचेस्टर सिटी र लिसेस्टर सिटीको समान २९ अंक छ । १४ खेलबाट २८ अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ । आर्सनललाई बराबरीमा रोकेको नर्विच भने १४ खेलबाट १३ अंकसहित १६औँ स्थानमा छ । खेलमा बराबरीसँगै आर्सनललाई अर्को धक्का लागेको छ ।

खेलको क्रममा आर्सनलका स्टार स्ट्राइकर एलेक्स सान्चेज चोटग्रस्त भएका छन् । तथापि उसका प्रशिक्षक आर्सेन विङगरले भने सान्चेज आराम गरेपछि ठीक हुने बताएका छन् । आइतबार राती नै भएको खेलमा चेल्सी र टोटनह्यमले गोलरहित बराबरी खेले । १४ खेलबाट १५ अंक जोडेको डिफेन्डिङ च्याम्पियन चेल्सी १४औँ स्थानमा छ । २५ अंक जोडेको टोटनह्याम पाँचौँ स्थानमा छ । आइतबार राती भएका अरू खेलमा वेस्ट ह्याम र वेस्ट ब्रोमले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् । लिभरपुलले स्वान्सीलाई १–० ले हरायो । त्यस्तै चेल्सी र टोटनह्याम हट्सपरले बराबरीमा चित्त बुझाएका छन् । नर्वीच सिटीको मैदानमा भएको खेलमा आर्सनलले १–१ गोलको बराबरी खेलेको हो । यसैगरी पछिल्लो समय खराब लयबाट गुज्रिरहेको चेल्सीले टोटनह्याम हट्सपरसँग उसैको मैदानमा गोलरहित बराबरी खेले । आइतबार राती भएको अर्को खेलमा वेस्ट ह्याम युनाइटेड र वेस्ट ब्रोमले १–१ गोलको बराबरी खेलेका छन् । आइतबार रातीका खेलहरूपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २९ अंक जोडेको लेस्टर सिटी गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको २८ अंक छ । २७ अंक जोडेको आर्सनल भने चौथो स्थानमै समेटिएको छ ।

प्रतिक्रिया