विज्ञानमन्त्रीको टोली पेरिस जाँदै

काठमाडौं, १४ मंसिर । विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानको नेतृत्वमा नेपालको एक प्रतिनिधि मण्डल पेरिस जाने भएका छन् । फ्रान्सको राजधानी पेरिसमा सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलन (कोप–२१) मा सहभागी हुने सरकारी जम्बो टोली पेरिस जाने भएको हो । टोलीमा ७ जना सांसदसहित २५ जनाभन्दा बढी रहनेछन् । वातावरण सम्मेलन नेपाली नेता र सरकारी अधिकारीहरूका लागि विदेश घुम्ने मेलो बनेको छ ।

यसअघि मन्त्रालयका सचिव कृष्णचन्द पौडेल पेरिस पुगिसकेका छन् । सचिव पौडेलपछि मन्त्री पासवानसहित कम्तिमा २५ जनाको अर्को टोली केही दिनमै जाने तयारीमा रहेको मन्त्रालय स्रोतले मन्त्रीको टोलीमा केही सहसचिव, सांसदहरू, विज्ञ र २ जना पत्रकारसमेत जाने तय भइसकेको छ । जाने दिनसम्म यो संख्या थपिन सक्ने स्रोतले बतायो । आयोजकले १ जना सचिव र १ सहसचिवको मात्रै खर्च बेहोर्ने छ । बाँकी सहभागीको खर्च नेपाल सरकारले मिलाउन लागेको हो ।

प्रतिक्रिया