पुनर्निर्माण गर्न १२ बुँदे खाका

गोरखा, १३ मंसिर । पुनर्निर्माण प्राधिकरण गठनमा कांग्रेस र एमाले विवादका कारण ढिला भएपछि गोरखामा भूकम्पले पु¥याएको संरचनाको पुनर्निर्माण गर्न १२ बुँदे खाका प्रस्तुत गरिएको छ ।

प्राधिकरण गठनमा ढिलाइ गरेपछि जिल्ला दैवीप्रकोप उद्धार समिति आपैmँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाको समन्वयमा १२ बुँदे पुनर्निर्माणको खाका तयार गरी लागू गर्ने भएको होे ।

पुनर्निर्माणको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार गर्न शुक्रबारदेखि पोखरामा सुरु भएको सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । डिएफआइडी, सिआरएस, अक्सफाम, इको नेपाल, पिपुल इन निड, युएनडिपीलगायत ठूला दातृ निकायको सहयोगमा जिल्ला दैवीप्रकोप उद्धार समितिले पुनर्निर्माणका लागि निर्देशिका जारि गरेको हो ।

सम्मेलनले पुनर्निर्माणका लागि ‘सुरक्षित, गतिशील र समृद्ध गोरखा हाम्रो प्रतिबद्धता’ मुख्य नारा तय गरेको छ । गोरखाको पुनर्निर्माणका लागि करिब ३० अर्ब ३२ करोड रुपैयाँ लाग्ने देखिएको घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र अनुसार आगामी ३ वर्षका लागि आवश्यक १२ अर्ब रुपैयाँ सहयोग सरकार र दातृ निकायबाट संकलन गरी खर्च गरिनेछ ।

सम्मेलनले तात्कालिक रूपमा आवश्यक भौतिक संरचना ३ वर्षभित्र निर्माण गरिसक्ने गरी रणनीति तयार गरेको छ । घर, विद्यालय, सरकारी भवनलगायत भौतिक संरचना निर्माण गर्दा भूकम्प पतिरोधी हुनुपर्ने सम्मेलनको निष्कर्ष छ । पुनर्निर्माणका लागि आवश्यक रकम संकलन गर्न जिल्ला दैवीप्रकोप उद्धार समिति, जिविसले दातृ निकाय, विकासका साझेदार र नेपाल सरकारलाई अनुरोध गरिने बताइएको छ ।

भूकम्पपीडित जनतालाई घर बनाउन दिइने २ लाख रुपैयाँमा दुर्गमका पीडितलाई सामग्री ढुवानीका लागि थप अनुदान रकम दिनुपर्ने सम्मेलनले माग गरेको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका संरचना पुनर्निर्माणका लागि आन्तरिक तथा बाह्य स्रोत परिचालन तथा लगानी आकर्षित गर्ने रणनीति तयार गर्ने सम्मेलनले अठोट गरेको सिडिओ उद्धवप्रसाद तिमल्सिनाले बताए ।
बारपाकमा ‘उद्यान’ बनाइने

भूकम्पको केन्द्रविन्दू रहेको गोरखाको बारपाक गाउँमा भूकम्प अध्ययन तथा स्रोत केन्द्र स्थापना गर्ने तयारी गरिएको तिमल्सिनाले बताए । ‘भूकम्पमा परेर देशभर मृत्युवरण गरेकाहरूको नाममा बारपाकमा भूकम्प स्मृति उद्यान बनाउने निर्णय गरियो,’ सिडिओ तिमल्सिनाले भने ‘जग्गा अधिग्रहण गर्न र उद्यान क्षेत्र छनोट गर्न कार्यदल गठन गरिएको छ ।’ उद्यानभित्र भूकम्पले पु¥याएको क्षति ‘जस्ताको त्यस्तै’ राख्ने र मृत्युवरण गरेका व्यक्तिको नामसमेत लेखिनेछ ।

आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना
विपद्का बेला पीडितलाई सहयोग गर्न ५ हजार घरपरिवारका लागि आवश्यक पर्ने राहत सामग्री र अत्यावश्यक उपकरण भण्डारण गरी राख्न जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने तयारी गरिएको एलडिओ प्रेमराज गिरीले जानकारी दिए । ‘प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न आवश्यक सामग्री खरिद गरी केन्द्रमा राख्ने तयारी गरिएको हो’ गिरीले भने ।

भूकम्पपछि जिल्लाको समग्र दस्तावेजको संग्रह किताबमा उल्लेख गर्ने पनि घोषणापत्रमा उल्लेख छ । ‘घोषणापत्रअनुसार ३ वर्षभित्र सक्ने गरी पुनर्निर्माणको काम सुरु गर्छौं,’ सम्मेलनमा सहभागी कांग्रेसका जिल्ला सभापति हरिबहादुर घलेले भने, ‘सबैको सहयोग भयो भने भूकम्पपीडितले छिट्टै आवास पाउँछन् ।’ जिल्लाको १३ इलाकामा ५ जना दक्ष प्राविधिज्ञका दरले कर्मचारीसहितको कार्यालय स्थापना गरी बस्ती पुनर्निर्माणको काम सुरु गर्नुपर्ने घलेको भनाइ छ ।

प्रतिक्रिया