लाइसेन्स वितरण अनिश्चित

रुपन्देही, १२ मंसिर । बुटवलमा लाइसेन्स वितरण पुनः अनिश्चित बनेको छ । यातायात व्यवस्था कार्यालयले वितरण गर्ने सवारी चालक अनुमतिपत्रका लागि मंसिर ६ गतेदेखि लाइसेन्स खुला गरिएको भए पनि कार्यालयले मंसिर ११ गते विज्ञप्ती जारी गर्दै तत्कालको लागि लाइसेन्स वितरण रोक्का गरेपछि अनिश्चित बनेको हो ।

यातायात व्यवस्था विभागले मंसिर १५ गतेदेखि कार्यालयमा रहेको नयाँ सफ्टवेयर जोडने सूचना दिएपछि बुटवल कार्यालयले लाइसेन्स वितरणका लागि खुला गरेको आवेदन लिन छाडेको छ । कार्यालय प्रमुख वेदप्रसाद अर्यालले पुरानो सफ्टवेयर परिर्वतन गर्नु परेकाले लाइसेन्स वितरण तत्कालका लागि रोकिएको बताए । उनले नयाँ सफ्टवेयर राख्न लागिएकाले करिब २ हप्ता सम्मका लागि लाइसेन्स वितरण गर्न नसकिने जानकारी दिएका छन् ।

कार्यालयले पूर्वसूचना प्रकाशित गरेर आवेदन खुला गरेको भए पनि ११ गतेसम्म लाइसेन्स लिएकाहरूको भने लाइसेन्स मान्य हुने बताएको छ । कार्यालयले जारि गरेको सूचनामा लेखिएको छ, ‘हालसम्म प्रयोगात्मक परीक्षा दिई उत्तीर्ण भएका परीक्षार्थीहरूले ०७२ मंसिर १३ र १४ गते भित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिई सक्नुपर्ने अन्यथा नलिएमा स्वतः रद्द हुनेछ ।’

प्रतिक्रिया