चित्रकला प्रदर्शन गर्न सुषमा चीन प्रस्थान

काठमाडौं, १२ मंसिर । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी ओरिरेन्ट रिडिङ क्लब चेन डु रोड, सांघाईको निमन्त्रणामा चित्रकला प्रदर्शन गर्न चीन गएकी छन् । लामो समयदेखि चित्रकला क्षेत्रमा निरन्तर क्रियाशील राजभण्डारीले चीनमा १३औँ एकल चित्रकला प्रदर्शनी गर्ने भएकी छन् ।

सुषमाले २८ नोभेम्बरदेखि २ डिसेम्बरसम्म आफ्नो एकल चित्रकला प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । उनले आफ्नो प्रदर्शनीले दुई देशबीचको आपसी मैत्रिक सम्बन्ध अझ घनिष्ठ पार्ने र सांस्कृतिक पहिचानसमेत बढ्ने आशा गरेकी छन् ।

यस्ता कार्यले दुई देशबीच कला र संस्कृतिको आदानप्र्र्र्रदान हुने उनले बताइन् । राजभण्डारीले चीनमा चित्रकलासम्बन्धी कार्यशाला तथा अन्तत्र्रिmयामा सहभागी हुने र त्यहाँ प्रदर्शन हुने पौभा चित्रकलाको समेत अवलोकन गर्ने छिन् ।

प्रतिक्रिया