एउटै स्टेजमा तीन सौन्दर्य प्रतियोगिता

beauti3काठमाडौं, ११ मंसिर । भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण जनजीवन कष्टकर भइरहेका बेलामा समेत आयोजनाको तयारीमा जुटेका तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता एकैसाथ सम्पन्न हुने भएका छन् ।

एएनपी मिडिया हाउस, दक्ष इन्टरनेसनल प्रालि र स्टार वन इन्टरटेनमेन्टले देशको असहज परिस्थितिका बाबजुद क्रमशः टिचर आइकन अफ द इयर २०१५, मिस ब्युटिफुल नेपाल २०१५ र मिस ग्लोब इन्टरनेसनल नेपाल २०१५ एकसाथ आयोजना गर्न लागेका हुन् ।

करिब १ महिनादेखि एकैथलोमा प्रशिक्षण दिँदै तीनै सौन्दर्य प्रतियोगिता आगामी शनिबार आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएका छन् । तीनै प्रतियोगिता शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने आयोजकहरूले जानकारी गराएका छन् । प्रतियोगिताअन्तर्गत मिस ब्युटिफुल नेपाल २०१५ बिहान हुनेछ । टिचर आइकन अफ द इयर २०१५ र मिस ग्लोब इन्टरनेसनल नेपाल २०१५ दिउँसो एकै समयमा हुनेछ ।

beauti2प्रतियोगिताअन्र्तगत अन्तिम प्रतिस्पर्धा नजिकिँदै गर्दा टिचर आइकन अफ द इयर २०१५, मिस ब्युटिफुल नेपाल २०१५ र मिस ग्लोब इन्टरनेसनल नेपाल २०१५ तिनै प्रतियोगिताका प्रतियोगिले नयाँ बानेश्वरस्थित होटल रानी महलमा आयोजित ट्यालेन्ट राउन्डमा आ–आप्mना प्रतिभा प्रदर्शन गरेका छन् । तिनै प्रतियोगिताको मिस ट्यालेन्ट उपाधिका लागि प्रतियोगिहरूले सांस्कृतिक र कलात्मक नृत्य, आधुनिक नृत्य, कराँते, गायन, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए । ट्यालेन्ट राउन्डमा चलचित्र निर्देशक सुमन दाहाल, नायिका नन्दिता केसी, साहित्यकार तथा सञ्चारकर्मी सरोज प्याकुरेल, लेखक तथा साहित्यकार सुदन डोटेल र एसिएन कलेज अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजीका सिइओ नितेश शाह निर्णायक रहेका थिए । मिस ट्यालेन्टको घोषणा अन्तिम प्रतिस्पर्धाको दिन हुनेछ ।

टिचर आइकन अफ द इयर २०१५ मा प्रतिमा काप्mले ज्ञवाली, विनु थापा, शर्मिला फुयाँल, राधिका ऐर, अप्सरा बानियाँ, कविता शिवाकोटी, सञ्जीवनी श्रेष्ठ, प्रमिला पोखरेल, जानुका थापा, सन्ध्या केसी, गीता श्रेष्ठ, सजिना महर्जन, अञ्जु खड्का, सिर्जना शिवाकोटी, सुष्मा श्रेष्ठ र लुना श्रेष्ठ भिड्दैछन् । त्यसैगरी मिस ब्युटिफुल नेपाल २०१५ मा कविता गौतम, अलिषा थापा, सपना श्रेष्ठ, सजना माझी, उमा झा, अलिना केसी, सिर्जना शर्मा, लिना पुन मगर, नितु बञ्जारा, सिर्जना राई, अमिरा श्रेष्ठ र जेनिफर गुइङदेलबीच अन्तिम स्पर्धा हुँदै छ । त्यसैगरी मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ आयोजनाको घोषणा यसअघि नै गरिसकिएको छ । यो प्रतियोगितामा दीक्षा गुरुङ, रक्षा रेग्मी, मोनालिसा धिमाल, सिर्जना डंगोल, सजना घिसिङ, अम्बिका चौधरी, सिलु पोखरेल, प्रिना तिवारी, सजनी श्रेष्ठ, कुसुम गुरुङ, मनिषा घिसिङ, भावना राई, अष्मिता श्रेष्ठ, जेनिता थापा, रोजिता कुँवर, दीमा शाही र दीपीका ठकुरीले स्पर्धा गर्दैछन् ।

टिचर आइकन अफ द इयर २०१५ को आयोजक संस्था एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीले वर्तमान समयमा मितव्ययिताको उदाहरण प्रस्तुत गर्नका लागि एक साथ कार्यक्रम आयोजना गर्न लागिएको बताए भने मिस ग्लोब इन्टरनेसनल नेपाल २०१५ को आयोजक संस्था स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले प्रतियोगितहरूमा मित्रताको भावना विकास गर्न यस प्रकारको संयुक्त आयोजनाले सघाउ पु¥याउने विश्वास व्यक्त गरिन् । त्यसै गरी मिस ब्युटिफुल नेपाल २०१५ को आयोजक दक्ष इन्टरनेसनल प्रालिका अध्यक्ष तथा मेकअप आर्टिस्ट राज पाण्डेले यी तीन प्रतियोगिता मिलेर पनि काम गर्ने उदाहरण हुने बताए ।

तिनै प्रतियोगिताबाट मूख्य उपाधिका साथमा फस्ट, सेकेन्ड र थर्ड रनर्सअपका साथमा विभिन्न उपाधिमा विजेता चयन गरिनेछ । ३ वटै प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी रहनेछ । उक्त प्रतियोगिताका प्रतियोगितहरूलाई मास फेसिङ, ग्रुमिङ, फेसन कोरियोग्राफी, डान्स, मेकअप, लिडरसिप, पर्सनालिटीलगायतका विषयमा प्रभावकारी प्रशिक्षण दिइएको कोरियोग्राफर झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया