तेस्रो दिनमा रमेशको अग्रता

golg_newsकाठमाडौं, १० मंसिर । सूर्य नेपाल गल्फ टुरको तेस्रो दिनको खेलमा एक अन्डर ६६ स्कोर कार्ड बटुल्दै रमेश अधिकारीले नम्बर एक प्रो शिवराम श्रेष्ठमाथि दुई स्ट्रोकको अग्रता लिदै शीर्ष स्थान हात पारेका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल गल्फ टुर २०१५–०१६ अन्तर्गतको रमेशले कूल ५४ होलको खेलमा तीन अन्डर एक सय ९८ स्कोर बटुले । तेस्रो दिनको खेलमा शिवरामले तीन अन्डर ६४ स्कोर बटुल्दै कूल एक अन्डर २ सय स्कोर जोडे ।

दोस्रो दिनको खेलमा सयुक्त अग्रता लिएका दिपक थापा मगर भने तेस्रो दिन दुइ ओभर ६९ स्कोर गर्दै तेस्रो स्थानमा झरे । उनले कूल ५४ होलको खेलमा इभन पार दुई सय एक स्कोर जोडे । रमेशले फ्रन्ट नाइनमा एक ओभर ३४ र ब्याक नाइनमा दूई अन्डर ३२ को स्कोर कार्ड बनाए । उनले छठौँ र सातौँ होलको सट खेर फाल्दा आठौँ होलमा बर्डी प्रहार गरे ।

ब्याक नाइनतर्फ भने उनले १०,११ र १३ होलमा बर्डीज प्रार गर्दा १६औँ होलमा बोगी खेप्न बाध्य भए । शिवरामले चौथो होलको बर्डीको मद्धतले फ्रन्ट नाइनमा एक अन्डर ३२ स्कोर जोडेका थिए । ब्याक नाइनतर्फ भने उनले दुई अन्डर ३२ स्कोर गर्दा १०,१२ र १३औँ होलमा बर्डीज र १६औँ होलमा बोगी खेपे ।

तेस्रो स्थानका दिपकले फ्रन्ट नाइनमा दुई ओभर ३५ र ब्याब नाइनमा इभन पार ३४ स्कोर जोडेका थिए । डबल बोगीबाट दिनको शुरुआत गरेका चौथो र छठौँ होलमा पुनह बोगी खेपे । उनले १०औँ होलमा बर्डी प्रहार गर्दा १७औँ होलमा पुनहा बोगी खेपे ।

भूवन नगरकोटी चौथो स्थानमा रहदै दुई सय २ स्कोर गरे । डिफेन्डीङ च्याम्पीयन रवि खड्का पाचौँ स्थान रहे । उनले कूल दुई सय पाँच स्कोर कार्ड बटुले । त्यस्तै रामे मगरले तीन अन्डर ६४ गर्दै कूल दुई सय ४ स्कोरका साथ छैठौँ स्थानमा रहे । जयराम श्रेष्ठ र धन बहादुर थापा कूल चार ओभर २०५ का साथ सातौँ स्थानमा रहे ।

एमेच्योरतर्फका एकमात्र खेलाडी रहेका टङ्क कार्कीले तेस्रो दिन पाँच ओभर ७२ को कार्डमा खेल्दै कूल नौँ ओभर २ सय १३ स्कोरको कार्ड बनाए ।

कूल ३६ खेलाडीको सहभागीता रहेको यस प्रतियोगितामा प्रो. तर्फ २९ र एमेच्योरतर्फ ७ खेलाडीको सहभागीता रहेको थियो । चारदिने प्रतियोगितामा दोस्रोदिन देखि २१ खेलाडी मात्र छनोट गरीनेछ । प्रतियोगिताको विजेताले ७० हजार, उपविजेताले ४४ हजार र तेस्रोले ३२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया