लक्ष्मी बैंक खुला गल्फ शनिबारदेखि

काठमाडौं । लक्ष्मी बैंक आयोजनामा आगामी शनिबारदेखि लक्ष्मी बैकं खुल्ला गल्फ प्रतियोगिता हुने भएको छ । गोकर्ण गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा कूल १८ होलमा खेलाइनेछ । दोस्रो पटक लक्ष्मी बैंकको आयोजनामा हुन लागेको प्रतियोगिता ३÷४ हेण्डिक्याप लेभेलमा खेलाइनेछ । प्रतियोगितामा महिला, पुरुष तथा सिनियरतर्फका कूल एक सय खेलाडी सहभागी हुने छन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले प्रतियोगिता नेपाली खेलकुदका विभिन्न क्षेत्रप्रति दायित्व र प्रतिबद्घतालाई झल्काउने एउटा भव्य माध्यम भएको बताए ।

प्रतियोगितामा बिजेता, उपविजेता, महिला बिजेता, उपबिजेता, सिनियरतर्फका बिजेता, बेस्ट ग्रस, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन र मोस्ट बर्डिजलाई पुरस्कृत गरिनेछ । पार ३ होलमा होल–इन–वान खेलाडीका लागि टेरा मोटर्सको ई–स्कुटर प्रदान गरिनेछ ।

प्रतिक्रिया