के अब नेपालको स्थिति सुध्रेला ?

sharan bikram mallaहाम्रो उत्तरी छिमेकी चीनको स्वशाशित प्रान्त तिव्वतमा पनि चीनले गरेको तिव्रतर विकासको हावा आएकै छ । ठूला, मझौला, साना दर्जनांै औधोगिक प्रतिष्ठानहरु सीमानामा स्थापित गर्न शिलान्याश भैरहेको छ । जसरी भारतले नेपाललाई नै लक्षित गरेर नेपालको सीमानामा भारतीय भूमीमा खाद्यन्न लत्ता–कपडादेखि लिएर भाँडाकुँडा, स्टिल, निर्माण सामाग्री तथा विलासित तथा मनोरञ्जनात्मक सामाग्री  उत्पादन गर्ने उद्योगहरु स्थापना गरेको छ, । तिनीहरुको वजारनै नेपाल रहेको छ । त्यसरीनै आजको तिव्वत वेजिङदेखि ल्हासासम्म संसारकै सवैभन्दा उचाईवाट तिव्र वेगमा दौडने वुलेट–टे«नले र हवाई सेवाले जोडेको छ । रसुवागढी–केरुङ, तातोपानी, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारीलाई लक्ष्य गरी आधुनिक तिव्वतले नेपाल जोडिई सकेको छ । यी सवैले संमृद्ध नेपाल वन्ने शुभसंकेत दिईरहेका छैनन् ?

युवा जलश्रोतविद् प्रो.डा हरि प्रसाद पण्डितले लेखिरहनु हुन्छ– नेपालको नदीहरुमा सवै भन्दा सस्तो र लागत मूल्य कम लाग्ने र वालुवा नगण्यरहेका कारण मर्मतसंभार पनि न्यूनहुने नेपालको आवश्यकतालाई कम्तीमा ३० वर्ष एक्लै धान्ने क्षमता रहेको कर्णाली परियोजना मात्र हुन् सक्तछ । मुलुकको हितको निमित्त नेपाली पूँजीले नै यो वनाईनु पर्दछ । यो सम्भव पनि छ । ४ हजार मेगावाट कर्णालीको वहने पानीवाट, ४ हजार वर्षाको पानी नदीमै ड्याम निर्माण गरी, र वाँकी चारहजार भारतमा खेरजाने विजुली सस्तोमूल्यमा खरिद गरी सवैभन्दा तलको विधुत् परियोजनावाट वगेर जाने पानीलाई अफ लिफ्टिङ प्रकृयावाट जम्मा गरी थप ४ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने छ । यसरी एक्लै कणालीले मात्र १२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने छ । उहाँ वताउनु हुन्छ, हाम्रा अहिले २८ लाख विद्युत उपभोक्ताहरु छन् । उनीहरुसँग केवल प्रतियुनिट २ रुपियाँ मात्र वेशी लिदा १२ अवौं रुपियाँ वर्षको संकलन हुनसक्ने स्थिति छ । राज्यले संचालन गर्ने विद्युत् परियोजना उपभोक्ताको शेयर कायम हुनेछ भन्ने विश्वास दिलाउन सकियो भने मात्र पनि नेपालीकै वार्षिक ५०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने वर्तमान अवस्था रहेको छ । थप यसमा विदेशमा गएर कामगर्ने नेपालीहरुको वीच विश्वास जगाएमा अर्को १२ अर्व नेपालीहरुकै पूँजी जम्मा हुनेछ र वार्षिक ५०० देखि १ हजार मेगावाट विद्युत् उत्पादन गर्न कसैलाई गुहार्न पर्दैन भनी प्रो. पण्डितले तथ्यांक प्रस्तुत गर्नु भएको छ । जवकि भारतीय जियमआर कम्पनीलाई २५ वर्षका लागि एकमात्र वाँकी रहेको कर्णालीलाई ९०० मेगावट निकाल्न दिनेकाम भएको छ । के कर्णाली संमृद्धशाली नेपालको जग वन्ला ?

१०२४ किलोमिटर लम्वाई रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गको समान्तर पूर्व पश्चिम रेल्वे मार्ग वनाउने, महेन्द्र राजमार्गको स्तर सुधार गरी कम्तीमा ८ लेनको वनाउने, काठमाडौं नीजगढ ७६ किलोमिटर फास्ट ट्रयाक रोड निर्माण, काठमाडांै कोदारी राजमार्ग लगायत उत्तरी सीमा तर्फका सडकहरुलाई पनि स्तर सुधार गरी कम्तीमा ८÷६ लेनको वनाउने, मध्ये पहाडी लोेकमार्गलाई गुणस्तरीय रुपमा पूर्णता दिने,  काठमाडौं लगायत नीजगढ, भैरहवा, पोखराका हवाई मैदानलाई अन्तरराष्ट्रिय स्तरका वनाउन सकिएमा एशियाकै ट्रान्जिट मार्गमा विकास गरि एशियाकै आर्थिक केन्द्रको रुपमा विकास गरी आर्थिक लाभ लिन सकिनेमा शंका छैन । दोस्रो सिंगापुर वनाउने नेताहरुको सपना साकार होला ?

हामीले अनुभव गरेकै कुराहो नेपालको राजधानी, आधुनिक सहरहरुमात्र नभै नेपालको गाउँगाउँ, कुनाकन्दरासम्म भारतीय सिकर्मी, डकर्मी, पलम्वर, निर्माण मजदुर, यहाँ सम्म कि कपाल काट्ने हजामसम्म पुगेका छन् र भारतलाई रिमिट्यान्स दिने राष्ट्रहरुको सातौं स्थानमा नेपाललाई उभ्याएका छन् ।  ७ अरव २२ करोड डलर (अहिलेका मूल्यमा ७ खरव ५८ अरव नेपाली रुपियाँ) आफ्नो मुलुकलाई योगदान दिईरहेका छन् । के कुशल र दृढ इच्छाशक्ति भएको नेतृत्व विकास होला जसवाट मरुभूभीको ५२ डिग्री सेलिसयस तापक्रम र मलेशियाको जंगलमा सर्पदंशवाट जोगिदै नेपालको असीम मायाँ वोकेर पसिना वगाईरहेका  युवाहरुलाई संमृद्ध नेपाल वनाउने योगदानको अवसर पाउलान् ?

सिंगापुर पनि मलेशियाजस्तो विशालदेशको तापमा थियो । यद्यपि मलेशियाको हाम्रो दक्षिणको छिमिकीको जस्तो ज्यान ठूलो र दिल सानो थिएन । मलेशियाका नेता टुन अव्दुल रजाक परिणाममुखी थिए छिमिकी धनी भै सुखी हुँदा त्यसको सकरात्मक प्रभाव आफूलाई पर्छ भन्ने विश्वास राख्थे, छिमेकीको सद्भाव भन्दा वेशी अपेक्षा राख्दैनथे । उता  सिंगापुरका नेता ली कून यू उत्कृष्ट राष्ट्रप्रेमी, भ्रष्टचारका कट्टर विरोधी आफ्नो सानो देशलाई कसरी सुन्दर र विश्वको आँखाको नानीसरह वनाउन सकिन्छ भन्ने सपना बोकेका असल नियतका दूरद्रष्टा राजनीतिज्ञ थिए ।  नेपालको संमद्ध र विकासमा हाम्र्रो भूगोल अद्वितीय वरदानको रुपमा रहेकोमा कुनै शंका छैन । कहिलेवाट हाम्रो दरिद्र मानसिकता र कमजोर चरित्रका कारण हामीले सवैप्रकारका संभावना अन्तरनिहित वैभवलाई  दिनहुँ सराप्न र छिमिकीसंग पोइलागएर भविष्य निश्चित गर्ने सपना देख्न वन्द होला ?
पृथ्वी नारायण शाहको नेपाल एकीकरणको अभियानलाई रोक्न वि.सं. १८२५ देखि भोटले जीवनको लागि त्यतीवेलाको अत्यावश्यक वस्तु ‘नुन’ रोकेको थियो । १८३१ माघमा श्री ५ पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदासम्म पनि भोटसँग नेपालको समस्या यथावतनै थियो । नेपालको प्रगतिलाई रोक्न भारतको नाकावन्दी समयसमयमा पुनरावृत्ति भै रहन्छ । राजीव गान्धीको पालामा भारतले नाकावन्दी गर्दा तत्कालिन भारतीय प्रतिपक्षी नेता अटल विहारी वाजपेयीले “छिमेकीलाई यसरी नै दुख दिनेहो भने दक्षिण एशियामा हाम्रो प्रतिष्ठा गिर्ने छ” भनेका थिए उनैका अनुयायी मोदीले राजीव गान्धिकैे पथमा  हिड्न किन रमाउँदै छन् । किन छिमेकीको प्रगती र उन्नतीमा सहयात्री वन्न सकेका छैनन् । भारतीय जनवादी शक्ति मात्र होईन खुद स्व.राजीव गान्धीको कांगे्रस पार्टीका वरिष्ट नेताहरुले पनि नेपाल माथिको अघोषित नाकावन्दीको विरोध गरिरहेका छन । यो पक्कै पनि गोहीको आँशु नहोला ?

अव मेरो भनाई एकजना भारतीय विद्वानको भनाई पैंचो लिएर त्यसलाई उद्घृत गर्दै त्यसमाथि मौका मिल्दा पुनः चर्चा गर्ने गरी मेरो कुरा टुँग्याएँ ।
प्रो. डा. भरत झुनझुनवाला, आर्थिक विशेषज्ञ, आइआइएम बेंलोरका प्राध्यापक, उनले यही नभेम्वर १०, २०१५ दैनिक जागरणको एउटा लेखमा भनेका छन – “हामीले ठूलो चित्रलाइ हेर्नु पर्छ । चीनको वढ्दो प्रभावलाई सीमित कसरी गराउने हाम्रो सोंच हुन आवश्यक छ । नेपालले चीनवाट तेल आयात गर्न शुरु ग¥योे भने हाम्रो नेपालमाथिको दवाव पूर्णतया समाप्त हुनेछ । तब भारतीय मूलका  मधेशीलाई अलिकति पनि सहयोग गर्न सकिने छैन । सानोभाई, वा आफ्ना छोराछोरीलाई वेशी कठोर व्यवहार गरी घरवाट निकालेर समस्याको हल हुदैन । झन उ स्वतन्त्र भै टाढा पुग्छ । यस्तो स्थितिमा परिवारमा राखेर नै सम्झाउँदा श्रेयस्कर हुन्छ । नेपालमाथिको नाकाबंदी  तत्काल समाप्त गरी पेट्रोयिम पदार्थको आपूर्ति गर्नु पर्दछ । नेपालको नेतृत्वसँग भाईचाराको व्यवहार गरेर नै मधेसीलाई न्याय दिलाउनु पर्दछ । तबमात्र हामीले चीनलाई मात दिन सक्ने छौं ।  अहंकारगरी  नेपालको नेतृत्वलाई सवक सिकाउने वर्तमान भारत सरकारको रवैया कुनैहालतमा सफल हुने देखिँदैन र मात्र नेपाल भारतको हातवाट फुत्कने छ ।” के अब नेपालको स्थिति सुध्रेला ?

प्रतिक्रिया