सहिदको नाममा ‘पर्यटन यात्रा’

झापा, ९ मंसिर । मुलुकभरका उच्च तहका नेतालाई सहभागी गराउँदै झापाको सुखानीदेखि ताप्लेजुङको ढुंगेसाँघुसम्म ‘पर्यटन यात्रा’ गरिने भएको छ । एमालेको मेची अञ्चल कमिटीले आगामी फागुनमा महिना ‘झापा विद्रोह’ का क्रममा सहिद भएका पाँचजना वीरयोद्वाहरुको स्मरण गर्दै पर्यटन यात्रा गर्ने तयारी गरेको हो ।

फागुन २१ गते झापाको सुखानीबाट पर्यटन यात्राको सुरुवात हुने र १० दिनपछि ताप्लेजुङको ढुंगेसाँघुमा समापन गर्ने कार्यक्रम तय भएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले  जानकारी दिएका छन् । एमाले झापाका अध्यक्ष पाठकका अनुसार कार्यक्रमको आयोजना पार्टीको मेची अञ्चल कमिटीले गर्ने र यात्रामा ७५ जिल्ला कमिटीका अध्यक्ष र १४ अञ्चलका इञ्चार्जलाई सहभागी गराइने योजना रहेको छ । यात्रामा झापा आन्दोलनका योद्धाहरू र पार्टीका केन्द्रीय पदाधिकारी सरिक हुने बताइएको छ ।

झापाको सुखानीमा हुने यात्राको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने र ढुंगेसाँघुको समापन अवसरमा जननेता मदन भण्डारीकै परिवारका सदस्यको उपस्थिति गराइने पार्टीको योजना रहेको पाठकले बताएका छन् । शहिदको सम्मान पनि हुने र पर्यटन प्रवद्र्वनमा समेट टेवा पु¥याउने उद्येश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया