रुपन्देही, ९ मंसिर । रुपन्देही व्यापार संघको मुख्य आयोजनामा हुने लुम्बिनी एक्स्पो २०७२ अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी तिव्र पारिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण आवश्यक सामानहरुको जोहो गर्दै तयारीलाई तिब्र पारिएको आयोजक रुपन्देही व्यापार संघले जनाएको छ । मेला पुस ८ गते देखी २१ गते सम्म बुटवल मण्डप बुटवलमा हुने भएकाले तयारी तिब्र पारिएको हो ।
मंसीर ७ देखी मेलाको तयारीका लागि संघले मेला स्थल बुटवल मण्डपमा अस्थाई सचिवालयको स्थापना गरेको जनाएको छ । मेलामा सहभागि बन्न चाहनेहरुका लागि स्टल बुकिङ्ग खुल्ला गरिसकेको मेलाका संयोजक एवं संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले जानकारी दिएका छन् । मेलामा करिव २० वटा अन्तर्राष्ट्रिय स्तरका स्टल सहित ६ सय स्टल रहने मेला संयोजक पोखरेलले बताए । उनले उद्योगी, व्यापारी, व्यवसायिक संघ संस्था, कृषकलाई स्टल बुकिङ्ग खुल्ला भएकाले बुकिङ्ग गर्न आग्रह गरेका छन् । रुपन्देही जिल्लालाई केन्द्रीत गरि गरिने मेलाले यस क्षेत्रको आर्थिक गतिबिधि चलायमान गर्ने सहयोग गर्ने छ ।
मेला स्थलमा रंरोगन, सरसफाई लगायत बिभिन्न उपसमितिको कामलाई तिव्रताका साथ अगाडि बढाएको आयोजकले जनाएको छ । सचिवालयमा स्टल बुकिङ्ग, पत्राचार, उपसमितिको बैठक लगायतका गतिबिधिले गर्दा रुपेन्देहीमा चहलपहल समेत बढेको छ ।
नाकाबन्दिको प्रभावले अर्थतन्त्रमा देखीएको नकारात्मक असरका कारण बजार सुस्ताई रहेको बेलामा स्थानिय स्तरमा हुने मेला सफल पार्न चुनौती रहेको भन्दै यसलाई जसरी भएपनि सफल पार्न आयोजक समितिले सक्रियता बढाएको आयोजकहरुले बताएका छन् ।
प्रतिक्रिया