संखुवासभा, ८ मंसिर । चिनियाँ बजारमा नेपालि रुद्राक्षको माग बढेको छ । चिनियाँ व्यापारीहरू किसानको बोटसम्मै पुगेर नेपालि रुद्राक्ष मोलमोलाई गर्न था
लेका छन् । चीनका बिभिन्न बजारमा रुद्राक्षको माग बढेपछि यहाँका ब्यापारी संखुवासभा र भोजपुरको दिङलाका गाउँगाउँमा रुद्राक्ष खरीद गर्न त्यहाँ सम्म पुग्ने गरेका हुन ।
अघिल्लो बर्ष सम्म थोरै माग हुने भएकोले चिनियाँ ब्यापारी काठमाडौंसम्म मात्र आउने गरेको भएपनि यस बर्ष चिनिया बजारमा रुद्राक्षको माग बढेको भन्दै चिनिया व्यापारीहरू गाउँगाउँमा आइपुगेको दिङलाका स्थानीय किसान हरी भित्रिकोटिले बताए । चिनिया व्यापारी गाउँसम्म आएपछि किसानले भनेजस्तै मूल्य पाउन थालेका उनको भनाइ छ । उनले भने, ‘सिधै चिनियाँ व्यापारीले घरैमा आएर रुद्राक्ष खरीद गरेपछि यहाँका किसानको आम्दानि बढेको छ ।’ उनले केहि बर्ष यतासम्म नेपालि ब्यपारीले सानो परिणाममा रुद्राक्ष संकलन गरी काठमाडौँ लगेर बिक्री गर्दा किसानहरूलाई खासै नाफा नहुने गरेको भएपनि यसपटक बाट आम्दानी बढेको बताएका छन् ।
‘करीब एकसय ५० व्यापारीहरू यहाँका होटलमा कोठा लिएर बसेका छन । चिल्लो, ठुलो र मुखदार रुद्राक्ष चिनियाँ ब्यापारीले रुचाउने गरेका छन ।’ भित्रिकोटीले भने । बढी पाइने पाँच मुखे कण्ठे ( २१ एमएमभन्दा माथि ) रुद्राक्षको मुल्य र थेप्चे भएमा प्रतिकिलो १० हजारदेखि २० हजार सम्ममा खरिद विक्री हुने गरेको उनले जनाए ।
पछिल्लो समयमा चिनिया व्यापारी यहाँ भित्रिएपछि रुद्राक्ष बिक्रिसंगै यहाँको होटेल र अन्य व्यबसाय बैकिङ कारोबार समेत फष्टाएको व्यापारीहरू बताउँछन । निजी र सरकारी गरी १३ वटा बैङकले दैनिक एक करोड बढि नगद कारोबार गर्ने गरेका छन् । उता बोटमै चिनियाँ व्यापारी रुद्राक्ष खरीद गर्न आएपछि उत्साहित हुदै पुन रुद्राक्ष खेति बिस्तारमा जुटेको नेपालेडाँडाका किसान सञ्जय न्यौपानेले बताए । चीनमा सजावट र श्रृङगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरेको बताइन्छ ।
व्यापारीले किसानको बोट मै पुगेर मोलमोलाई गर्ने गरेका छन । उनीहरूले भोजपुरको नेपालेडाँडामा एक करोड १० लाखमा तीन बर्षका लागि रुद्राक्ष टिप्ने गरी बगैचा नै खरिद गरेका छन । संखुवासभाका बिभिन्न गाउँमा दुइ लाख देखि २५ लाख सम्ममा बोट खरीद गरेका संखुवासभाका व्यापारी जय राइले बताए ।
प्रतिक्रिया