जनकपुरधाम, ७ मंसिर । आन्दोलन गरेकोसय दिन पुग्दा समेत सरकारले आफ्नो माग नसुनेको भन्दै मधेस आन्दोलन झन चर्किन थालेको छ । आन्दोलनको माग सम्बोधन गर्नुको साटो मधेसी जनताहरूलाई बर्बतापूर्वक गोली हानेर हत्या गरी रहेको भन्दै गाउँ गाउँमा मधेसी जनताहरू आन्दोलित हुन थालेका हुन् ।
उनीहरूले धनुषाको खरिहानीमा प्रदर्शन गर्नुको साथै संयौ लिटर पेट्रोलियम पदार्थ नष्ट गरेका छन् । त्यस्तै धनुषाकै तारापट्टी तथा देवडिहामा स्थानीहरूले मसाल जुलुुस प्रदर्शन गरेका छन् । यसैगरी महोत्तरीको विभिन्न गाविसहरूमा प्रदर्शन भएका छन् । महोत्तरीको विजलपुरामा स्थानीय प्रगतिशील मधेसी समाजको अगुवाईमा स्थानीयहरूले विजलपुरा बजार बन्द गराए । महोत्तरीको रामगोपालपुरमा स्थानी प्रगतिशील मधेसी समाजको अगुवाईमा मोटरसाईकल र साईकलहरू बन्द गराए । उनीहरूले पेट्रोलियम पदार्थ तस्करी हुने आशंकामा २४ घण्टा चेकजाँच समेत गरिरहेका छन् ।
उता आईतबार राती सप्तरीको भारदह र रूपनीमा २ जनाको ज्यान गएकोमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका अध्यक्ष रोशन जनकपुरीले कडा विरोध गर्दै सशक्त ढंगले आन्दोलनमा उत्रिन जनतामा आह्वान गरेका छन् । उनले पटक पटक दमन र हत्याको सहारा लिएर सरकारले वार्ताको वातावरण भाँडेको आरोप लगाए ।
प्रतिक्रिया