पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

जनकपुरधाम, ७ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केबरमा आन्दोलनकारीहरूले अवरोध जारी राखेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाका कार्यकर्तायहरूले शनिवारबाट अनिश्चित समयको लागि राजमार्गमा अवरोध जारी राखेका छन् ।

राजमार्ग अवरोधका लागि प्रगतिशील मधेसी समाजका अध्यक्ष डा.सुरेन्द्र यादवले आन्दोलनकारीहरूको लागि खानपिनको व्यवस्था गरेका छन् । त्यस्तै सो क्षेत्रका प्रगतिशील मधेसी समाजका गाउँ कमिटीका सदस्यहरूलाई पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न परिचालीत छन् । यस्तै ढल्केवर मै छुट्टै टेन्ट टाँगेर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको व्यानरमा मधेस क्रान्ति संघर्ष समितिले राजमार्ग अवरुद्ध गर्नुको साथै धर्ना दिइरहेका छन् ।

सोही व्यानर पुनःगठित नेकपा माओवादीका अध्यक्ष मातृका यादव, सुरेश शर्मा, एमाओवादी नेता श्रवण यादव, चन्द्रशेखर साह लगायतका नेताहरू धर्नामा छन् । आन्दोलनकारीहरूले राजमार्गको ठाउँठाउँमा टायर छुटाएर ट्याक्टरको टेलर, विजुलीको पोल तथा विभिन्न सामग्रीहरू राखेर सडक अवरुद्ध गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न स्थानीय गाउँहरू ढल्केवर, बटेश्वर, नक्टाझिज, बेंगाडावर, श्रीपुर, हरिहरपुर, महोत्तरीको भंगहा, किसाननगरका मधेसी जनताहरू जुटेका छन् ।

प्रतिक्रिया