उदयपुर, ७ मंसिर । बन्दकर्ताले विरामी बोकेको एम्बुलेन्सलाई रोकेपछि त्रियुगा नगरपालिका १५ शाहीखोलाको एक बालकको मृत्यु भएको छ । एम्बुलेन्स रोकेका कारण समयमै बच्चालाई अस्पताल पु¥याउन नसक्दा नावाबालक पदम बुढाथोकीको मृत्यु भएको उनको आफन्तहरूले बताएका छन् ।
आफ्नो छोराको मृत्यु भएपछि मृतककी आमा मुर्छित अवस्थामा रहेकी छिन । मृतक नावालकका बुबा मजदुरी गर्नको लागि ६ महिनादेखि दिल्लीमा रहेका छन् । उपचार गर्न विराटनगर लाने क्रममा सप्तरी जिल्लाको विभिन्न स्थानमा एम्बुलेन्स रोकेर समयमै स्वास्थ्य संस्थामा पु¥याउन ढिला भएकाले ३ महिनाको नावाबालको मृत्यु भएको हो । उनलाई उदयपुरबाट थप उपचारका लागि विराटनगरतर्फ लाँदै बाटैमा मृत्यु भएको आफन्तले जनाएका छन् ।
दुई दिनयता निमोनियाले च्यापेका नाबालकलाई जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ ल्याएकोमा नसक्ने भन्दै विहान ४ः०० बजे अन्यत्र लान रिफर गरेको थियो । आफन्तले ४ः२० बजे स १ च ६५९ नम्बरको एम्बुलेन्समार्फत विराटनगरको नोबेल अस्पतालतर्फ उपचारार्थ लाँदै गर्दा सप्तरीको शम्भुनाथ, रूपनी र भारदह क्षेत्रका बिभिन्न ठाउँमा आन्दोलनकारीले गरेको सडक अवरुद्धका कारण सुनसरीको हरिपुर पुगेपछि नाबालकको मृत्यु भएको आफन्त राजन ढकालले बताए ।
एम्बुलेन्स चालक राजा मियाका अनुसार अस्पतालले रेफर गरेलगत्तै हिंडाएको विरामी ९ बजे सप्तरी पुगेको भए पनि सडक अवरुद्ध भएपछि एकघण्टा ढिलाई हुँदा ११ः०० बजे विरामीको मृत्यु भएको हो । अस्पतालबाट हिंडाउँदा धेरै सारो नभए पनि बाटोमा जाँदाजाँदै सिकिस्त हुँदै गएका नाबालकलाई एकघण्टा जाममा राख्नुपर्दा मृत्यु भएको उनले बताए ।
प्रतिक्रिया