सम्पर्क मञ्चले अक्षय कोष बनाउने

काठमाडौं, ६ मंसिर । नेकपा एमाले ओखलढुँगा काठमाडौं सम्पर्क मञ्चले जिल्लाबाट आएको विरामीलाई साह्रो गाह्रोमा सहयोग गर्न अक्षय कोषको स्थपना गर्ने भएको छ । विकट जिल्लाबाट विरामी भएर आउँदा सबैसँग भने जस्तो पैसा नुहुने तथा गरिब तथा विपन्न वर्गको मान्छेले पैसाको अभावमा भने जस्तो उपचार समेत नपाउने भएकाले सम्पर्क मञ्चले कोष निर्माण गर्न लागेको हो ।

हाल सम्म सम्पर्क मञ्चको नजिक आइपुगेकाहरुलाई व्यक्तिगत रुपमा सहयोग संकलन गरेर दिने गरेको सम्पर्क मञ्चका अध्यक्ष चन्द्रकुमार राईले बताए । उनले भने, ‘यसरी दिएको पैसाको कुनै प्रमाण पनि नहुने भएकाले अक्षय कोषको निर्माण गरेपछि कसले कति सहयोग लियो वा दियो भन्ने रेकर्ड रहने भएकाले यो अभियान चालेका हौं ।’

प्रतिक्रिया