ट्रक खस्दा एकको ज्यान गयो

काभ्रे । क्षमता भन्दा बढी लोड बोकेर आउँदै गरेको  ट्रक काभ्रेको रवीओपीको कान्लेबाट दुई सय मिटर तल खस्दा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । शनिबार राती १० बजेतिर खेतको धान काटेर बनेपा तर्फ आउदै गरेको बा २ ख ३७४२ नम्बरको ट्रक रविओपी १ स्थित सडकबाट दुई सय मिटर तल खसेको हो ।
ट्रक दुर्घटना हँुदा त्यहा सवार रविओपी १ कि मैयाँ चौलागाईको घटना स्थल मै निधन भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

ट्रकमा सवार दर्जनौँ घाइते भएका छन् । क्षमता भन्दा बढी लोड र कच्ची सडक भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ  । घाइतेहरुको बनेपास्थित शिरमेमोरियल, भतmपुरको मध्यपुर ठिमी अस्पताल, टिचिङ र धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरी जनाएको छ । (सौस)

प्रतिक्रिया