फेरि चर्कियो मधेस आन्दोलन

janakpur4जनकपुरधाम, ६ मंसिर । चाडपर्वका कारण खुकुलो बनेको मधेस आन्दोलन शनिवारबाट पुनः चर्किएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध दलका कार्यकर्ताले धनुषाका विभिन्न स्थानमा प्रदर्शन गर्दै आन्दोलन चर्काएका हुन् ।

उनीहरूले बजार क्षेत्रका पसलहरु पूर्ण रुपमा बन्द गराएका छन् । मोर्चा कार्यकर्ताले शनिवारदेखि गर्न लागेको राजमार्ग केन्द्रित आन्दोलनको क्रममा शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाईकलमा आगजनी गरेका छन् ।

यसैगरी बन्दकर्ताहरुले लक्षमिनियामा २ मोटरसाइकलमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले भारततर्फबाट ग्यालेनमा ल्याउँदै गरेको पेट्रोलियम पदार्थ पनि ठाउँ ठाउँमा नष्ट गरेका छन् । लक्ष्मिनियादेखि ढल्केवरसम्ममा मोर्चाका कार्यकर्ताहरुले  सयौंं लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
यस्तै आईतवार बिहानै देखि ठाउँ ठाँउमा टायर बालेर सडकमा बिजुलीको पोल राखेर सडक अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया