आमा र बहिनीको हत्या

रौतहट । रौतहटको धरम्पुरमा एक युवकले आईवार बिहान आफ्नै आमा र बहिनीको हत्या गरेका छन । धरमपुर गाविस–९ का नन्दकिशोर यादवले उनकै आमा ४५ वर्षीया रामकलीदेवी यादव र १४ वर्षीया बहिनी अनिताकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विहान साढे १०ः३० बजेको समयमा टायर गाडा चढेर वागमती नदी किनारमा बदाम खन्न जाँदै गरेको अवस्थामा नन्दकिशोरले दुबैजनाको घाँटीमा कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आरोपि नन्दकिशोर फरार रहेका छन् भने हत्याको कारण खुल्न सकेकोे छैन । उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए । प्रारम्भिक अनुुसन्धानबाट नन्दकिशोरको मानसिक अवस्था ठीक नभएको पत्ता लागेको डिएसपी पोख्रेलले बताए । (सौस)

प्रतिक्रिया