झण्डा चिनाउँदै शिल्पकार

shilpakarताप्लेजुङ, ५ मंसिर । नेपालको झण्डालाई नेपालीले अझैं चिन्न नसकेको भन्दै काठमाडौं भक्तपुर निवासी लक्ष्मीनारायण शिल्पकारले ताप्लेजुुङबाट नेपाल भ्रमणको औपचारिक शुरुवात गरेका छन् ।

शनिवार भ्रमणको सुरुवात गरेका भक्तपुर वडा १३ निवासी ५९ बर्षिया शिल्पकारले १ वर्ष भित्रमा ७५ वटै जिल्लाको भ्रमण सक्ने योजन बनाएका छन । नेपाली आफैंले आफ्नो राष्ट्रिय झण्डालाई चिन्न र यसको बिशेषता थाहा पाउन नसकेकाले नेपालको झण्डा र यसको महत्व बुझाउन देश भ्रमणमा निस्किएको शिल्पकारले जानकारी दिए । ठूलो आकारको नेपालको झण्डा बोकेर भ्रमणमा निस्कदा कतिपयले बहुुलाको उपमा पनि दिएको बताउने शिल्पकारले भने ‘नेपालको झण्डालाई माया गरेर म प्रति लागेको बहुलाको दोष मेटाउँछुु’ ।

उनले नेपालको राष्ट्रिय झण्डालाई नेपालीको एकताको प्रतिक भएको सन्देश पनि दिएका छन् ।  सुदुरपुूर्वको ताप्लेजुुङबाट भ्रमण सुरु गरी सुुदुरपश्चिमको कञ्चनपुुरमा पु¥याएर यात्रा टुुङग्याउने उनको योजना रहेको छ । गएको बैशाख १२ र २९ गतेको भूकम्पले काठमाण्डांै सबै ध्वस्त भएको भन्ने गलत सन्देश बिरुद्ध भ्रमणका बेला उनले सन्देश प्रवाह गर्ने योजना बनाएका छन् ।

आफ्नै खर्चबाट अभियान सुरु गरेका शिल्पकारले कसैले सहयोग गर्न ईच्छा देखाएमा त्यसलाई निशर्त स्वीकार्ने बताएका छन् । भ्रमणका बेला एउटा जिल्लामा बढीमा दुुईदिन सम्म बस्ने र नेपालको झण्डा र यसको बिशेषता बारे बताउने उनले जानकारी दिए । धेरै प्रख्यातीका लागि तामझाम र तडकभडका साथ बिभिन्न किसिमका पदयात्रा गर्ने र प्रचारमा बढी रमाउने गरेको भन्दै शिल्पकारले आफूले त्यस्तो नगर्ने बताएका छन् । ‘मैले यहाँ आईपुुगे भनेर फोटो खिच्ने, कसैसँग प्रमाण कागज माग्ने काम गर्दिन’ उनले भने, ‘मैले बोकेको झण्डा देशका ७५ जिल्लामा पुुग्छ र यसको बिशेषता बारे सबैलाई अवगत हुनेछ ।’ shilpakar

प्रतिक्रिया