आन्दोलन सशक्त बनाइने

gathbandhan3जनकपुरधाम, ५ मंसिर । तराई मधेशमा जारी आन्दोलनलाई सशक्त बनाउन चार वटा मधेशवादी दलहरूबीच बीच संघीय समावेशी गठबन्धन नाम गरेको मोर्चा निर्माण भएको छ । शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतिन्त्रिक, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान सम्मिलित मोर्चा निर्माण भएको हो ।

जनकपुरमा शनिवार पत्रकार सम्मेलन गरी संघीय समावेशी गठबन्धन निर्माण गर्ने सहमति भएको जनाएको छ । पत्रकार सम्मेलनमा विगत तीन महिनाभन्दा बढीदेखि चलिरहेको मधेश आन्दोलन र मधेशी जनतको त्याग एवं बलिदानको कारणले उत्कर्षमा पुग्दापनि सत्तासिन पक्षको वेवास्ताले मधेशी गठबन्धनको निर्माण गर्नु परेको राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरत सिंह भण्डारीले बताए ।

त्यस्तै निर्माण भएको गठबन्धनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय मधेशी मोर्चा , दलित मुस्लिम , पिछडा वर्गा सहितका मधेशी थारु एवं कोचिला सहितका आदिबासी जनजाती लगायत सबै आन्दोलनकारी पक्षहरूसंग बार्ता गरी सहकार्यको बातावारण बनाउने जनाईएको छ । साथै सहमत पक्षहरू आफ्नो कार्य सञ्चालन र समन्वयका लागि एक संयन्त्रको निर्माण तथा बर्ता समितिकोसमेत गठन गर्ने जनाएको छ ।

प्रतिक्रिया