लाखौँको पाइप जंगलमा अलपत्र

काभ्रे, ५ मंसिर । सम्बन्धित निकायले ध्यान नदिँदा डाँडापारिस्थित एक खानेपानी आयोजनाका लागि खरिद गरिएको लाखौँ मुल्य बराबरको पाइप बीच जंगलमा अलपत्र अबस्थामा रहेको छ । क्षेत्रटोल खानेपानी आयोजनाका लागि खरिद गरिएको लाखाँै मूल्य बराबरको पाइप महाभार लेकको बीच जंगल स्यौरीथलीमा अलपत्र अवस्थामा रहेको हो ।

जिल्लाको डाँडापारिस्थित डाँडागाउँ गाविसका सर्वसाधारणलाई खानेपानीको सहज उपलब्धता गराउनका लागि जिल्ला विकास समिति काभ्रेबाट विनियोजित रकमबाट खरिद गरिएको सो पाइप अलपत्र रहेको हो ।

क्षेत्रटोल खानेपानी आयोजनाका लागि जिविसबाट २ लाख बजेट विनियोजन भएको थियो । गाविस कार्यालयबाट आयोजनाका लागि प्रशासनिक खर्च काटेर १ लाख ९२ हजार बजेट निकासा भएको छ । जसमा उपभोक्ताहरूबाट ३४ हजार २ सय ३२ रूपैयाँ जनश्रमदान वा अन्य केही कार्यबाट उठाउनुपर्ने उल्लेख छ । आयोजनाका लागि उपभोक्ता समितिले ५० एमएम साइजको ९ रोल पाइप खरिद गरेका छन् । गाविस कार्यालयमा उपभोक्ता समितिले बुझाएको विवरण अनुसार एउटा बिल भ्याट सहित ९ सय मिटर प्रति मिटरको रु.९४.५० का दरले रु. ९६ हजार १ सय ६ रूपैया ५० पैसा बराबरको पाइप खरिद भएको छ ।

त्यसैगरी अर्को बिल भ्याट सहित ६ सय मिटर पाइपको प्रति मिटर रु. ९४ का दरले ६३ हजार ७ सय ३२ रुपियाँ खर्च भएको उल्लेख छ । आर्थिक वर्ष २०७१÷७२ को जिल्ला विकास समिति परिषद्बाट विनियोजन गरिएको सो खानेपानी आयोजना कागजमा भने सम्पन्न भइसकेको छ । गाउँ विकास समितिको कार्यालय डाँडागाउँमा बुझाइएको आयोजना सम्बन्धि आवश्यक कागजमा भने आयोजनाको काम सम्पन्न भइसकेको छ । तर कागजी प्रक्रियामा काम सम्पन्न भएको भए पनि यथार्थमा भने खानेपानी आयोजनाको पाइप बीच जंगलमा अलपत्र अवस्थामा रहेको छ ।

गाविस कार्यालयमा ९ हजार १ सय ७६ रुपियाँ बराबरको पाइप खरिद गरिएको भनी विवरण बुझाइएको भए पनि उपभोक्ता समितिले सिमेन्ट भने खरिद नगरेको बुझिएको छ ।

गाविस सचिव उत्तमप्रसाद तिमल्सिनाले भने खानेपानी आयोजनाको कार्य सम्पन्न नभएको स्वीकारेका छन् । प्राविधिक स्टमेट सहितको कागजी प्रक्रिया पूरा भएपछि मात्रै आपूmले रकम फस्र्यौट गरेको उनको भनाई छ । ‘प्रावधिकले काम सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि मैले बाध्य भएर फस्र्यौट गरेँ,’ उनले भने, ‘मैले पनि बारम्बार योजना कार्यान्वयनका लागि दबाब दिइरहेको छु । मैले किन योजना सम्पन्न नगरेको भनि सोध्दा पाइपको साइज नमिलेर काम नगरेको भन्ने जवाफ अध्यक्षले दिइरहेका छन् ।’

यता प्राविधिक सलिश उप्रेतीले भने भुकम्पका कारण समयमै कार्य सम्पन्न गर्न नसकेको र केही दिनमै कार्य सम्पन्न गर्ने सहमतीमा आपूmले योजनाको स्टमेट बनाइदिएको बताए । एक हप्ताभित्र काम सम्पन्न गर्छु भनेर भनेको छ उनले भने यदि तोकिएको समयमा कार्य सम्पन्न नगरे म आपैmँ अघि बढ्छु । उपभोक्ता समितिका अध्यक्ष पेमा बललाई टेलिफोन गरी आयोजनाका कार्यबारे बुभ्mन खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । तर आयोजनाका सबै सामान खरिद देखि लिएर उपभोक्ता समिति समेत आप्mनै अनुकुलमा गठन गरेका क्षेत्रबहादुर वाईबाले भने आयोजना सम्पन्न गर्न आफूहरू असफल भएको बताए । उनले मुहान नपाएकाले काम अघि बढाउन नसकेको बताए ।

छिमेकी गाविस फलामेटारका बासिन्दाहरूले मुहान नदिएपछि आयोजना ठप्प रहेको र सर्वदलिय प्रतिनिधिहरूलाई बोलाएर बैठक राखी छिट्टै आयोजना सम्पन्न गर्ने उनले बताए । पोलिथिन पाइपलाई बिना प्रयोग २ वर्ष राखिएको खण्डमा पाइप बिग्रिने प्राविधिकको भनाई छ ।

हाल अलपत्र अवस्थामा रहेका पाइप खरिद गरेको ७ महिना भइसकेको छ । पाइपमा बटुवाहरूले पिसाब फेर्ने, थुक्ने जस्ता कार्यहरू गरिरहेका छन् सम्बन्धीत निकायले ध्यान नदिँदा यो अबस्थामा पाईप रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया