धनकुटा, ५ मंसिर । भावना होमियोप्याथीक हस्पीटल धनकुटाले पाख्रीबास नगरपालिकाका ६५ जना सर्वसाधरणको निःशूल्क स्वास्थ्य परीक्षण गरेको छ । हस्पिटलवाट खटिएका स्वास्थ्यकर्मीहरूले पाख्रीवास बजारमै पुगेर स्थानीयको स्वास्थ्य परिक्षण गरेका हुन् ।
सो अवसरमा होमियोप्याथिक हस्पीटलका स्वास्थ्यकर्मी ईन्दीरा श्रेष्ठ लगायतको टोलीले स्थानीय समाजसेवी देव विश्वकर्माबाट स्वास्थ्य परीक्षणको थालनी गरेका थिए । स्वास्थ्य परामर्श सेवा पाएपछि प्रतिक्रिया दिर्दै समाजसेवी बिश्वकर्माले होमीयोप्याथिक पद्धतीद्धारा पुराना रोगहरू समेत निको हुने भएकाले यो उपचार पद्धती सबैका लागि फलदायी हुने बताए । स्वास्थ्य परिक्षणमा सहभागी हुन आएका बिरामीहरूले गाँउ–गाउँमा दिर्घरोगीहरूको संख्या धेरै रहेकाले स्वास्थ्य परामर्श सेवालाई बजारमा मात्र नभएर गाँउ–गाँउ सम्म पु¥याउँन अस्पताल ब्यबस्थापनलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया