मोरंग ५ मंसीर । तिहारमा देउसी खेलेर सकंलन गरिएको रकम बनभोज लगायत मनोरञ्जनका लागी प्रयोग गर्ने चलन हाम्रो समाजमा ब्याप्त छ । पछिल्लो समय यो परम्परा जस्तै बन्दै पनि गएको छ,तर सोही कुरालाई गलत साबित गर्दै मोरङको बेलबारी ४ का स्थानीय बासिन्दाले तिहारमा देउसी खेलेर संकलन गरेको रूपैया मन्दिर निर्माणमा खर्च गर्ने भएका छन् ।
गर्दा के नहुने रहेछ र ? भन्ने गतिलो उदाहरण पेश गरेका सोही ठाँउका स्थानीयहरूले यस बर्षको तिहारमा देउसी खेलेर संकलन भएको करिब ९ लाख रूपैया स्थानीय कबिर मन्दिर निर्माणका लागी खर्च गर्ने भएका हुन । देउसी खेलेरै संकलन गरिएको सो रकम केही दिनपछि आयब्यय समेत सार्बजनिक गरी मन्दिर निर्माणमा लगानी गर्ने आयोजकले जनाएको छ । यस भेगमा देउसी खेलेर यति धेरै रकम संकलन गरिएको यो पहिलो पटक समेत भएको स्थानीयहरू बताउँछन ।
देउसीमा समाजका स्थानीय लब्धप्रतिष्ठित ब्यत्तिहरू समेत सहभागी भएका थिए । ७ दिन मात्र देउसी खेलेर यति धेरै रकम संकलन गर्नु निक्कै ठुलो चुनौतिको बिषय समेत भएको स्थानीयहरूको भनाई छ । सोही ठाँउमा रहेको कबिर मन्दिरलाई ब्यबस्थित र सुबिधा सम्पन्न कार्यक्रम हलसहित मन्दिर निर्माण गर्ने उद्धेश्यले त्याँहाका स्थानीय बासिन्दाहरू गत बर्ष देखि नै कम्मर कसेर जुटेका छन । जसअन्र्तगत मन्दिरको तल्लो तलामा रहने हलको ढलानको कार्य समेत सम्पन्न भईसकेको छ ।
मन्दिर निर्माण समितिको आयोजनामा गत बर्ष सोही ठाँउमा पुराण समेत आयोजना गरिएको थियो । पुराणबाट प्राप्त आम्दानी र चन्दा संकलनबाट प्राप्त रकम बाट सो मन्दिर निर्माण शुरु भएको थियो । पुराणमा १२ लाख २६ हजार ५ सय नगद जग्गादान बाट प्राप्त जग्गा बिक्रि बापत ११ लाख ४५ हजार पुराण पश्चात चन्दादाताबाट १ लाख ५ हजार २ सय ४१ पुराणमा प्राप्त जिन्सी बिक्रिबाट ९ हजार २ सय ६० बैक ब्याजबाट प्राप्त १४ हजार ७ सय ६१ पर्यटन मन्त्रालय र सभाषद मधु गुरुङ संसदकोषबाट ४ लाख गरी जम्मा २९ लाख १० हजार ७ सय ६१ रूपैया प्राप्त भएको थियो ।
अहिले सम्म मन्दिर निर्माणमा ३९ लाख ४ हजार ९ सय २४ रूपैया खर्च भएको र मन्दिर निर्माणका लागी अपुग रकम संकलनका लागी बिभिन्न स्रोतहरूको खोजी गरिने क्रममा देउसी मार्फत रकम उठाने सल्लाह बमोजिम देउसी खेलिएको र देउसीमा प्राप्त रकम केही दिनपछि सार्बजनिक गरिने देउसी सञ्चालन उपसमितिका संयोजक सनत कुमार ढकालले जानकारी दिए ।
प्रतिक्रिया