काभ्रे, ४ मंसिर । गत बैसाखमा गएका भूकम्पपीडितहरूले सरकारले दिएको राहत रकम कम भएको गुनासो गरेका छन् । उनीहरूले सरकारले पीडितहरूलाई पन्ध्रहजार रूपैया दिएर टार्न खोजेको आरोप लगाएका हुन् ।
सरकारले दिएको १५ हजार रूपैया पनि दशैँ तिहार जस्तो पर्वमा खर्च भएकाले समस्या हुन थालेको पीडितहरूको भनाई छ । काभ्रेस्थित डाँडागाँउ गाविसका उमेश लामाले सरकारले दशैँको मुखमा दिएको पन्ध्रहजार दशैँ र तिहार मान्दै सकीएको बताए । उनले भने, ‘सरकारले अब यति मात्रै दिने हो भने मेरा ३ छोरी , ५ छोरा र श्रीमतीको बेहाल हुन्छ’ उनले भने, ‘म त मजदुरी गर्न जान्छु ।’ सरकारले बासको सम्म व्यवस्था गरिदिए अन्य कुरा आफै गर्न सकिने भन्दै वासको समेत राम्रो व्यवस्था नगरिदिँदा दुख लागेको उनले बताए । यता कोशीपारीका हरि गौत्तम, तिमालका रोशन तामाङ, पर्सेलका द्धारीका थिङको पनि उमेशको जस्तै विचार राखेका छन् ।
उता पीडितहरू जाडोको समय शुरुवात भएसँगै विरामी पर्न थालेका छन् । सामान्य उपचार समेत गर्न नसक्ने परिवारमा रहेका गर्भवती र बालबालीका र बृद्धाहरूलाई निकै समस्या हुन थालेको छ । यता सरकारले भने भुकम्प गएको ६ महिना पुग्दा समेत पुननिर्माणको योजना सम्म पनि बनाएका छैन ।
प्रतिक्रिया