धनुषा, ४ मंसिर । आन्दोलनरत संयुक्त मधेस आन्दोलन संघर्ष समितिले हाल भइरहेको मधेस आन्दोलनलाई कडा बनाउने निर्णय गरेको छ । मातृकाप्रसाद यादवको संयोजकत्वमा रहेको संघर्ष समितिले राजमार्ग र भारतबाट सामान भित्रिने मार्ग सीमा नाकालाई पूर्णरूपमा ठप्प पार्ने बताएको छ ।
आन्दोलनलाई कडा बनाउनका लागि जनकपुरमा सक्रिय रहेको विभिन्न संगठनहरूसंग मोर्चाबन्दी गर्दै आन्दोलनका लागि बृहत शक्तिको लागि एकीकृत भई आइतबारदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अघि बढाउने निर्णय गरेको समिति संयोजक यादवले जानकारी दिएका छन् ।
राजनीतिक प्रसँगमा नेकपा (माओवादी)को संयोजक समेत रहेका यादवले मधेसको सवालमा वैद्य माओवादी स्पष्ट नरहेको भन्दै तत्काल नेकपा क्रान्तिकारी माओवादीसग पार्टी एकता सम्भव नहुने बताएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले क्रान्तिकारी माओवादी एजेण्डामा छलफल नै नगरी सिधैँ एकताको कुरा गर्नुको अर्थ नरहेको टिप्पणी बताएका छन् ।
प्रतिक्रिया