लाइसेन्सको आवेदन खुल्ला

रूपन्देही ४ मंसिर । बुटवलमा सात महिनापछि सवारी चालक अनुमति पत्र (लाईसेन्स) को आवेदन खुल्ला हुने भएको छ । बैशाख महिनामा खुलेको लाइसेन्स ६ मंसिरदेखि खुल्न लागेको हो ।

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमपति पत्रका लागि ६ मंसिरदेखि पुस मसान्तसम्म आवेदन तथा ट्रायल खुल्ला रहने जनाएको छ । गत बैशाखमा खुल्ला भएको लाइसेन्स साउन महिनासम्म ट्रायल सञ्चालन गरी ५ हजार ५ सय ३ जनालाई वितरण गरिएको थियो । मोटरसाईकल, स्कुटरका लागि १९ हजार ६१ जना मध्ये ५ हजार ५ सय ३ जनालाई लाईसेन्स वितरण गरिएको कार्यालयका प्रमुख वेदप्रसाद अर्यालले जानकारी दिए ।

साउन पछि कार्यालयले लाईसेन्स वितरण गर्न सकेको थिएन । मंसिर ६ गते बाट खुल्ला हुने लाईसेन्समा मोटरसाईकल, कार, जीप, ई–रिक्सा, ट्याम्पो, ट्याक्टर, ट्रेनका लागि आवेदन खुल्ला रहनेछ । यस अघि कार तथा जीपका लागि ट्रायल हुने स्थानको अभाव भए पनि ई–रिक्सा, ट्याम्पो, ट्याक्टर र ट्रेनका लागि आवश्यक पुर्वधार अभावका बीचमा पनि लाईसेन्सका लागि आवेदन खुल्ला गर्न लागिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख अर्यालले मंसिर ६ गते कार तथा जीपका लागि आवेदन खुल्ला गरिएको बताए । विहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र आवेदन दर्ता गर्न सकिने छ । त्यस्तै ९ गते ई–रिक्सा, ट्याम्पोका लागि आवेदन खुल्ला गरिने उनको भनाई छ ।

यसैगरी १३ मंसिरमा मोटरसाईकल, १५ गते स्कुटर, २० गते ट्याक्टर तथा २७ गते टे«न चालक अनुमति पत्रको आवेदन खुल्ला रहनेछ ।

प्रतिक्रिया